पारिश्रमिक नलिने सेलिब्रेटीहरू  « Khabarhub

पारिश्रमिक नलिने सेलिब्रेटीहरू 


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काडमाडौँ– बलिउड सेलिब्रेटीलाई स्टार भनिन्छ किनकी उनीहरुको फ्यान फ्लोअर्स राम्रै छन् । उनीहरूले उठाएको आवाज सम्बन्धित पक्षले सुन्नै पर्ने बाध्यता हुन्छ । उनीहरूले राज्यको कानुन व्यवस्थासम्ममा दखल पुर्‍याउने ल्याकत राख्छन् । उनीहरूको लोकप्रियताले नै पाउने पारिश्रमिकको मापन गर्ने गरेको छ । यी कलाकारहरू निर्माताबाट करोडौं पारिश्रमिक लिन्छन् । यद्यपि केही सेलेब्सहरुको आफ्नो सम्बन्धको आधारमा निर्माताको काम विना पारिश्रमिक पनि गरिदिएका छन् । यो लिस्टमा बलिउडका ए लिस्टेड सेलिब्रेटी नै छन् । अर्थात उनीहरूले निःशुल्क काम गरे ।

अभिनेत्री करिना कपुर खानले एक नभई दुई फिल्मका लागि निःशुल्क काम गरिन् । उनले सलमान खान र शाहरुख खानको फिल्ममा निःशुल्क काम गरेकी हुन् । उनले फिल्म  ‘बिल्लू’ को गीत  ‘मरजानी’ र  ‘दबंग २’ को गीत ‘फेवीकोल से’ का लागि कुनै शुल्क लिइनन् । अभिनेत्री कैटरिना कैफले फिल्म ‘अग्निपथ’ मा ‘चिकनी चमेली’ मा आइटम नृत्य गरेकी थिइन् । उनले यो गीतमा कुनै पारिश्रमिक लिइनन् । यसको कारण निर्माता करण जोहारसँगको सम्बन्ध थियो ।

अभिनेता शाहरुख खानले फिल्म ‘भूतनाथ’ मा एउटा सानो भूमिकामा अभिनय गरेका थिए । जुन भूमिकाको उनले पारिश्रमिक लिएनन् । यो फिल्ममा अमिताभ बच्चन र जुही चावलाको पनि अभिनय थियो । यसकारण पनि शाहरुखले आफ्नो पारिश्रमिक मागेनन् । शाहरुखकै फिल्म ‘ओम शान्ति ओम’ मार्फत बलिउडमा डेब्यु गरेकी अभिनेत्री दीपिका पादुकोण सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीमा पर्छिन् । उनले डेब्यु फिल्म ‘ओम शान्ति ओम’ का लागि कुनै पारिश्रमिक लिएकी थिइनन् । फिल्ममा प्रमुख भूमिकाका लागि उनले निःशुल्क अभिनय गरेकी थिइन् ।

अभिनेता सलमान खानले अजय देवगण र फराह खानको लागि विना शुल्क काम गरेका छन् । फिल्म ‘सन अफ सरदार’ र ‘तीस मार खाँ’ जस्ता कयौं फिल्ममा केमियो गरेका छन् । यी केमियो भूमिकामा उनले कुनै पारिश्रमिक लिएका छैनन् । अभिनेत्री सोनम कपुरले फरहान अख्तरको फिल्म‘ भाग मिल्खा भाग’ मा अभिनय गरेकी थिइन् । उनले फिल्मबाट पारिश्रमिकबापत मात्र ११ रुपैयाँ लिएकी थिइन् । सोनाक्षी सिन्हा बलिउडकी लोकप्रिय अभिनेत्रीमा पर्छिन् । उनले अक्षय कुमारको फिल्म ‘बोस’ मा ‘पार्टी अल नाइट’ गीतका लागि कुनै पारिश्रमिक लिइनन् ।अभिनेता शाहिद कपुरले फिल्म ‘हैदर’ मा कुनै पारिश्रमिक लिएनन् । यो फिल्म कश्मीरको युवामाथि बनेको थियो । उनले यो फिल्मबाट ‘बेस्ट एक्टर फिल्म फेयर अवार्ड’ पाएका थिए ।

अभिनेत्री रानी मुखर्जीले बलिउडमा कयौं सुपरहिट फिल्म दिइन् । उनले फिल्म कभी खुसी कभी गम’ का लागि करण जोहरबाट कुनै पैसा लिइनन् । किनकि करण र रानी मिल्ने साथी हुन् । यो फिल्ममा उनको सानो भूमिका रहेको थियो । यसबाहेक सलमान , सोनाक्षीले धर्मेन्द्रको फिल्म  ‘यमला पगला दिवाना’ को पछिल्लो संस्करणमा काम गरेबापत कुनै पारिश्रमिक लिएनन् । उनीहरूले एक गीतमा काम गरेका थिए ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  १ : ३८ बजे

हर्क नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विस्फोटक पदार्थसम्बन्धी मुद्दामा पक्राउ

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विश्वक्रान्ति, देवराजले

एनसेल फाउन्डेसनले एनपीएल- २ का चौकाबापत २४०० बढी शैक्षिक सामग्री वितरण गर्ने 

काठमाडौं– एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा जनाएको प्रतिबद्धता

वार्ताअघि युक्रेनका लागि फ्रान्सको कडा शर्त

एजेन्सी – फ्रान्सले रुससँगको युद्ध अन्त्यका लागि युक्रेनले कुनै भूभाग

करोडौँ खर्चिएर निर्माण गरिएका फिल्म सिटीका भौतिक संरचना बेवारिसे !

दोलखा– जिल्लाको भीमेश्वर नगरपालिका–९, लाँकुरीडाँडास्थित पर्यटकीय गन्तव्यको रूपमा रहेको डाङडुङेमा

मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते

बागमती– मकवानपुरको बकैया गाउँपालिका–७ अँधेरीमा आज दिउँसो ट्याक्टर दुर्घटना हुँदा