काडमाडौँ– बलिउड सेलिब्रेटीलाई स्टार भनिन्छ किनकी उनीहरुको फ्यान फ्लोअर्स राम्रै छन् । उनीहरूले उठाएको आवाज सम्बन्धित पक्षले सुन्नै पर्ने बाध्यता हुन्छ । उनीहरूले राज्यको कानुन व्यवस्थासम्ममा दखल पुर्याउने ल्याकत राख्छन् । उनीहरूको लोकप्रियताले नै पाउने पारिश्रमिकको मापन गर्ने गरेको छ । यी कलाकारहरू निर्माताबाट करोडौं पारिश्रमिक लिन्छन् । यद्यपि केही सेलेब्सहरुको आफ्नो सम्बन्धको आधारमा निर्माताको काम विना पारिश्रमिक पनि गरिदिएका छन् । यो लिस्टमा बलिउडका ए लिस्टेड सेलिब्रेटी नै छन् । अर्थात उनीहरूले निःशुल्क काम गरे ।
अभिनेत्री करिना कपुर खानले एक नभई दुई फिल्मका लागि निःशुल्क काम गरिन् । उनले सलमान खान र शाहरुख खानको फिल्ममा निःशुल्क काम गरेकी हुन् । उनले फिल्म ‘बिल्लू’ को गीत ‘मरजानी’ र ‘दबंग २’ को गीत ‘फेवीकोल से’ का लागि कुनै शुल्क लिइनन् । अभिनेत्री कैटरिना कैफले फिल्म ‘अग्निपथ’ मा ‘चिकनी चमेली’ मा आइटम नृत्य गरेकी थिइन् । उनले यो गीतमा कुनै पारिश्रमिक लिइनन् । यसको कारण निर्माता करण जोहारसँगको सम्बन्ध थियो ।
अभिनेता शाहरुख खानले फिल्म ‘भूतनाथ’ मा एउटा सानो भूमिकामा अभिनय गरेका थिए । जुन भूमिकाको उनले पारिश्रमिक लिएनन् । यो फिल्ममा अमिताभ बच्चन र जुही चावलाको पनि अभिनय थियो । यसकारण पनि शाहरुखले आफ्नो पारिश्रमिक मागेनन् । शाहरुखकै फिल्म ‘ओम शान्ति ओम’ मार्फत बलिउडमा डेब्यु गरेकी अभिनेत्री दीपिका पादुकोण सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीमा पर्छिन् । उनले डेब्यु फिल्म ‘ओम शान्ति ओम’ का लागि कुनै पारिश्रमिक लिएकी थिइनन् । फिल्ममा प्रमुख भूमिकाका लागि उनले निःशुल्क अभिनय गरेकी थिइन् ।
अभिनेता सलमान खानले अजय देवगण र फराह खानको लागि विना शुल्क काम गरेका छन् । फिल्म ‘सन अफ सरदार’ र ‘तीस मार खाँ’ जस्ता कयौं फिल्ममा केमियो गरेका छन् । यी केमियो भूमिकामा उनले कुनै पारिश्रमिक लिएका छैनन् । अभिनेत्री सोनम कपुरले फरहान अख्तरको फिल्म‘ भाग मिल्खा भाग’ मा अभिनय गरेकी थिइन् । उनले फिल्मबाट पारिश्रमिकबापत मात्र ११ रुपैयाँ लिएकी थिइन् । सोनाक्षी सिन्हा बलिउडकी लोकप्रिय अभिनेत्रीमा पर्छिन् । उनले अक्षय कुमारको फिल्म ‘बोस’ मा ‘पार्टी अल नाइट’ गीतका लागि कुनै पारिश्रमिक लिइनन् ।अभिनेता शाहिद कपुरले फिल्म ‘हैदर’ मा कुनै पारिश्रमिक लिएनन् । यो फिल्म कश्मीरको युवामाथि बनेको थियो । उनले यो फिल्मबाट ‘बेस्ट एक्टर फिल्म फेयर अवार्ड’ पाएका थिए ।
अभिनेत्री रानी मुखर्जीले बलिउडमा कयौं सुपरहिट फिल्म दिइन् । उनले फिल्म कभी खुसी कभी गम’ का लागि करण जोहरबाट कुनै पैसा लिइनन् । किनकि करण र रानी मिल्ने साथी हुन् । यो फिल्ममा उनको सानो भूमिका रहेको थियो । यसबाहेक सलमान , सोनाक्षीले धर्मेन्द्रको फिल्म ‘यमला पगला दिवाना’ को पछिल्लो संस्करणमा काम गरेबापत कुनै पारिश्रमिक लिएनन् । उनीहरूले एक गीतमा काम गरेका थिए ।