शाहरुखको विषयमा बोले अजय « Khabarhub

शाहरुखको विषयमा बोले अजय


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेता अजय देवगण अभिनीत फिल्म ‘सन् अफ सरदार’ र शाहरुख खान अभिनीत फिल्म ‘जब तक है जान’ बक्स अफिसमा भिडे पश्चात यी दुईको सम्बन्ध ठीकठाक नरहेको खबर मिडियामा आइरहे । मिडिया मात्र नभई यी दुईका फ्यान क्लबका सदस्यहरू पनि एकआपसमा भिड्ने गरेका छन् । यद्यपि वास्तविकता त्यस्तो नहुने अजयले बताएका छन् । अजयले एक इभेन्टमा आफ्नो सम्बन्ध शाहरुखसँग सुमधुर रहेको बताएका छन् । 

‘कहिले कहीँ हाम्रो फ्यान क्लबमा रहेका फ्यानहरू भिड्ने गरेका छन् । त्यो हेर्दा दुई कलाकार भिडे जस्तो लाग्ला । यद्यपि वास्तविकता त्यो होइन । हामी त्यसलाई गम्भीरतापूर्वक लिदैनौँ’ अजयले भने । उनले आफूहरू बीच फोनमा कुराकानी हुने र मिडियामा आए जस्तो सम्बन्ध नबिग्रिएको बताए । ‘हाम्रो सत्यता कमै मिडियामा आउने गरेका छन् । केवल हल्लाको भरमा आउने समाचारको के कुरा गर्नु’ अजयले भने । अजयको पत्नी काजोल शाहरुखसँग नजिक छिन् । यी दुईको सम्बन्ध हार्दिक छ ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ३ : १८ बजे

ब्राजिल निर्वाचन : पूर्वराष्ट्रपति जइरका छोरा फ्लेभियोलाई अग्रता, बोल्सोनारो परिवार मालामाल

रियो- ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका जेठा छोरा फ्लेभियो

महामन्त्रीमा उम्मेदवारी दिएपछि डिलाले भनिन्- महिलाका मुद्दा उठाउँछु

काठमाडौं– नेपाली कांग्रेसकी सहमहामन्त्री डिला संग्रौलाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी

दक्षिणपूर्वी एसियामा चीनको सैन्य पहुँच विस्तार, लाओसमा नयाँ हवाई केन्द्र सञ्चालन

काठमाडौँ- चीनले दक्षिणपूर्वी एसियामा आफ्नो सैन्य पहुँच विस्तार गर्दै लाओसको

गाजामा हमासका तीन सदस्य मारिएको इजरायली सेनाको दाबी

जेरुसलेम- इजरायली रक्षा बल (आइडिएफ) ले गाजा पट्टीको खान युनुस

कांग्रेसको वित्तीय प्रणालीमा कडाइ : स्वार्थ समूहको प्रभाव रोक्न नयाँ प्रस्ताव

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीभित्र आर्थिक पारदर्शिता र वित्तीय अनुशासन कायम