किन हुन्छ टेरेन्स र नोराको सम्बन्धको चर्चा ? | Khabarhub Khabarhub

किन हुन्छ टेरेन्स र नोराको सम्बन्धको चर्चा ?


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडका कोरियोग्राफर टेरेन्स लुइस र डान्स क्विन नोरा फतेहीको केमेष्ट्री रियालिटी शो मा देखिने गरेको छ । डान्सिङ शोहरुमा यी दुईले स्टेज सेयर गर्दा देखिने केमेष्ट्रीलाई दर्शकले रुचाउने गरेका छन् । त्यसैले गर्दा नोरासँग टेरेन्सको सम्बन्ध रहेको चर्चा बेलाबखतमा चल्ने गरेको छ । रियालिटी शोहरुमा यी दुईको चर्चा विशेष हुने गरेको छ । यसैले गर्दा गसिप समेत हुने गरेको छ । 

हालै टेरेन्सले एक अन्तर्वार्ताका क्रममा यी आफ्नो र नोराको सम्बन्धका बारेमा बोलेका छन् । ‘हामी स्टेजमा रहेसम्म केमेष्ट्री राम्रो बनाउन कुनै कसर बाँकी राख्दैनौ । तर हामी बीच त्यस्तो प्रेम सम्बन्ध छैन । यद्यपि प्रेम छ’ टेरेन्सले भने । उनले नोरासँग दैनिक भेटघाट वा फोनमा कुराकानी नहुने भएता पनि आफूहरूले मित्रताको रिलेशन मेन्टेन गरेको बताए । ‘हामीले आफ्नो सम्बन्धलाई मेन्टेन गरेका छौँ । नोरा पोजेटिभ इनर्जी भएको एक सुन्दरी हुन् । उनीसँग स्टेज सेयर गर्दा खुशी लाग्छ’ उनले भने । 

सुरुवाती समयमा नोरालाई टेरेन्सकै नजिकका मित्र कोरियोग्राफर तथा निर्देशक रेमो डिसुजाको क्याम्पकी डान्सरको रुपमा चिनिन्थ्यो । डान्स मार्फत दर्शकको मन जितेकी नोराले विस्तारै फिल्ममा समेत अविने गर्न थालिन् ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ३ : २२ बजे

पशुपतिमा बालाचर्तुदशीको तयारी पूरा

काठमाडौँ– पशुपति क्षेत्र विकास कोषले बालाचर्तुदशी पर्वका लागि सम्पूर्ण तयारी

कोप-२८ सम्मेलन उपलब्धिमूलक : मन्त्री महतो

युएई– वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले जलवायु परिवर्तनसम्बन्धी संयुक्त

प्रवासीको भोट तान्न रवि लामिछानेको विदेश यात्रा

काठमाडौँ –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यो

रारामा चार महिनामा चार हजार पर्यटक भित्रिए

मुगु– कर्णालीको उत्कृष्ट पर्यटकीय गन्तव्य मानिएको रारामा चार महिनायता चार

ब्रह्मास्त्र-२ मा जोडिए रणवीर सिंह

मुम्बइ– रणवीर कपूर र आलिया भट्ट स्टारर फिल्म  ‘ब्रह्मास्त्रः पार्ट