किन हुन्छ टेरेन्स र नोराको सम्बन्धको चर्चा ? « Khabarhub

किन हुन्छ टेरेन्स र नोराको सम्बन्धको चर्चा ?


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडका कोरियोग्राफर टेरेन्स लुइस र डान्स क्विन नोरा फतेहीको केमेष्ट्री रियालिटी शो मा देखिने गरेको छ । डान्सिङ शोहरुमा यी दुईले स्टेज सेयर गर्दा देखिने केमेष्ट्रीलाई दर्शकले रुचाउने गरेका छन् । त्यसैले गर्दा नोरासँग टेरेन्सको सम्बन्ध रहेको चर्चा बेलाबखतमा चल्ने गरेको छ । रियालिटी शोहरुमा यी दुईको चर्चा विशेष हुने गरेको छ । यसैले गर्दा गसिप समेत हुने गरेको छ । 

हालै टेरेन्सले एक अन्तर्वार्ताका क्रममा यी आफ्नो र नोराको सम्बन्धका बारेमा बोलेका छन् । ‘हामी स्टेजमा रहेसम्म केमेष्ट्री राम्रो बनाउन कुनै कसर बाँकी राख्दैनौ । तर हामी बीच त्यस्तो प्रेम सम्बन्ध छैन । यद्यपि प्रेम छ’ टेरेन्सले भने । उनले नोरासँग दैनिक भेटघाट वा फोनमा कुराकानी नहुने भएता पनि आफूहरूले मित्रताको रिलेशन मेन्टेन गरेको बताए । ‘हामीले आफ्नो सम्बन्धलाई मेन्टेन गरेका छौँ । नोरा पोजेटिभ इनर्जी भएको एक सुन्दरी हुन् । उनीसँग स्टेज सेयर गर्दा खुशी लाग्छ’ उनले भने । 

सुरुवाती समयमा नोरालाई टेरेन्सकै नजिकका मित्र कोरियोग्राफर तथा निर्देशक रेमो डिसुजाको क्याम्पकी डान्सरको रुपमा चिनिन्थ्यो । डान्स मार्फत दर्शकको मन जितेकी नोराले विस्तारै फिल्ममा समेत अविने गर्न थालिन् ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ३ : २२ बजे

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,

वैद्यखानाको औषधि उत्पादन बढाउन तीन महिनाभित्र कार्ययोजना बनाइने

काठमाडौं – सिंहदरबार वैद्यखाना विकास समितिबाट उत्पादन हुने आयुर्वेदिक औषधिको उत्पादन

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर

सरकारले निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक 

काठमाडौं– सरकारले निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न खुला

अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ?

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको ‘संघीय निजामती सेवा विधेयक,