जोनीले पूर्वपत्नी  हर्डबाट क्षतिपूर्तिको रकम नलिने  « Khabarhub

जोनीले पूर्वपत्नी  हर्डबाट क्षतिपूर्तिको रकम नलिने 


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केही समय अगाडि हलिउड अभिनेता जोनी डेप र उनकी पूर्वपत्नी एम्बर हर्ड बीचमा चलिरहेको मुद्दामा अदालतले फैसला सुनायो । एक अर्काविरुद्ध मानहानिको मुद्दा लगाएर ६ वर्षदेखि अदालतमा लडिरहेका जोनी र एम्बर दुवैलाई अदालतले दोषी ठहर गर्‍यो । कानुनी रुपमा एम्बर हर्डमाथि जोनीले जितेको निर्णय भए पनि अदालतले दुनैलाई दोषी बनायो । भर्जिनियाको अदालतले वासिङटन पोस्टमा एम्बर हर्डले अप–एड लेख्दै डीपको बदनाम गरेको भन्दै उनलाई १ अर्ब ५ करोड अमेरिकी डलर जरिवाना तिर्ने आदेश दिएको हो । उता यसको बचाउका क्रममा जोनीले पनि एम्बरको मानहानी गरेको भन्दै अदालतले उनले पनि २० लाख अमेरिकी डलर एम्बरलाई तिर्नुपर्ने फैसला सुनाएको छ ।

यो फैसलालाई जोनी पक्षले जितको रुपमा अथ्र्याए । जोनीले अदालतको निर्णयले आफ्नो जीवन फिर्ता आएको भन्दै यो लडाइँमा साथ दिने वकिलदेखि शुभचिन्तकसम्मलाई धन्यवाद दिए । यसकारण पनि जोनी पछिल्लो समय चर्चामा छन् । उनका फ्यानले खुशियाली बाडी रहेका छन् । यसैबीच फ्यानमा अर्को खुसियाली समेत थपिएको छ । उनले आफ्नी पूर्वपत्नी एम्बर हर्डसँग क्षतिपूर्ति रकम नलिने भएका छन्। अदालतले जोनीको मानहानी गरेको भन्दै हर्डलाई १ करोड ५० लाख अमेरिकी डलर क्षतिपूर्ति तिर्न आदेश दिएको थियो।

तीन मध्ये दुई मुद्दाको टुङ्गो लगाउदै मिलापत्र गर्दा हर्डले जोनी डेपलाई १ करोड ३५ लाख अमेरिकी डलर तिर्नुपर्ने थियो। तर उनले आफ्नो पूर्वपत्नीबाट उक्त रकम नलिने घोषणा गरेका छन्। यसलाई जोनीका वकिल बेन्जामिन च्यूले पुष्टि गरेका हुन्। जोनीले गरेको यो घोषणासँगै उनका फ्यान झनै उत्साहित छन् ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ३ : ४७ बजे

प्रधानमन्त्री बालेन र एडीबीका अध्यक्ष कान्डाबीच भेटवार्ता

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह र एसियाली विकास बैंक (एडीबी)

कर्णाली प्रदेशका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र

सुर्खेत– कर्णाली प्रदेशका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

काठमाडौं– नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको ऋणपत्रको बोलकबोलको लागि

शक्तिशाली अधिकारीको निवासबाटै सुरु हुन्छ कुशासन र बिचौलियाको खटनपटन : पूर्वअर्थमन्त्री खनाल

काठमाडौँ – पूर्वसचिव एवं पूर्वअर्थमन्त्री रामेश्वर खनालले शक्तिशाली सार्वजनिक पदमा

बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गरिँदै

काठमाडौं– बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त सहकारीका