एमालेको प्रतिस्पर्धी कांग्रेस मात्रै हो, माओवादीको अस्तित्व छैन : महासचिव पोखरेल « Khabarhub

एमालेको प्रतिस्पर्धी कांग्रेस मात्रै हो, माओवादीको अस्तित्व छैन : महासचिव पोखरेल


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको प्रतिस्पर्धी नेपाली कांग्रेस मात्रै रहेको बताएका छन् ।

एमालेबाट निर्वाचित ललितपुरका जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै महासचिव पोखरेलले नेकपा माओवादी केन्द्रको कुनै अस्तित्व नै नभएको टिप्पणी गर्दै आफुहरुको प्रतिस्पर्धी कांग्रेस मात्रै भएको बताएका हुन् । उनले भने, ‘माओवादी केन्द्रले विगतमा भन्दा सिट संख्या बढाएको छ। तर, उसको जनमत घटेको छ। ७४ सालको निर्वाचनमा उसले १७ प्रतिशत मत प्राप्त गरेको थियो । आज त्यो जनमत १३ प्रतिशत छ।

माओवादी अब वामपन्थी आन्दोलनको रूपमा नरहेको समेत उनले बताए । स्थानीय तहको निर्वाचनको परिणामले माओवादी अस्तित्व रक्षाको लागि कुनै शक्तिसँग टाँसिनुपर्ने बाध्यता खडा भएको प्रष्ट भएको उनले बताए । पोखरेलले एकीकृत समाजवादीको नाममा बाहिरिएका नेताहरूले वामपन्थी आन्दोलनमा भूमिका खेल्न नसक्ने पनि टिप्पणी गरे ।

माओवादी र समाजवादीको अस्तित्व नभएकाले एमालेको प्रतिस्पर्धी कांग्रेस मात्रै भएको उनको दावी छ । पोखरेलले यस पटकको नतिजामा देशव्यापी रूपमा एमालेले अपेक्षाअनुसार नतिजा नल्याएको बताएका छन् । ‘देशव्यापी रूपमा परिणाम अपेक्षा गरेअनुसार भएन । गएको निर्वाचनका भन्दा प्रतिकुल भए,’ उनले भने,‘हामी ज्यादा आशावादी थियौँ । त्यो अपेक्षा अनुसार परिणाम प्राप्त भएन ।’ यद्यपि जे जति जितिएको छ, त्यसमा राम्रो काम गरे पार्टीलाई फाइदा पुग्ने महासचिव पोखरेलले बताए ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ५ : ०६ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन