पलकी बहिनीको स्पष्टीकरण : मुद्दा लड्नका लागि कुनै रकम उठाएको छैनौँ  | Khabarhub Khabarhub

पलकी बहिनीको स्पष्टीकरण : मुद्दा लड्नका लागि कुनै रकम उठाएको छैनौँ 


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा पुर्पक्षको लागि तनहुँ जिल्ला कारागारमा थुनामा रहेका अभिनेता पल शाहकी बहिनी रोशनी शाहले सामाजिक सञ्जाल मार्फत स्पष्टीकरण दिएकी छिन् । केही दिन यता मुद्दा लड्नका लागि उनको परिवारले मोटो रकम उठाएको खबरहरू सार्वजनिक भएका थिए । यसैकारण उनले पलको मुद्दा लड्नका लागि मोटो रकम उठाएको भन्ने खबरहरूको खण्डन गरेकी छिन् । 

रोशनीले भने पल शाह पुर्पक्षका लागि कारागारमा रहेको समयमा परिवारको तर्फबाट एक रुपैयाँ पनि नउठाएको उल्लेख गरेकी छिन् ।‘यसै क्रममा केही युट्युब च्यानल र केही सामाजिक संजालमा पल शाहको मुद्दा लड्नका लागि मोटो रकम उठाएको भन्ने खबरहरू आएकाले उक्त खबरले हाम्रो ध्यानाकर्षण भएको छ । पल शाह न्यायिक हिरासतमा बसेदेखि अहिलेसम्म परिवारका कुनै पनि सदस्यले कसैबाट आर्थिक सहायता लिएका छैनौ र आर्थिक सहयोगका लागि कतै पनि आग्रह गरेका छैनौ ’ रोशनीले लेखेकी छिन् ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ५ : २६ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास