बोक्सीको आरोप लगाई कुटपिट गर्ने दुई पक्राउ « Khabarhub

बोक्सीको आरोप लगाई कुटपिट गर्ने दुई पक्राउ


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलेश्वर- महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–६ ठूलो धबौली गाउँमा दुई महिलालाई बोक्सीको आरोप लगाएर कुटपिट गरी ज्यान मार्ने उद्योग गरेको आरोपमा प्रहरीले एक महिला र एक पुरुषलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय ४५ वर्षीय भुलनराम चमार र २८ वर्षीया सोमनदेवी भन्ने सोमारी देवी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले बताए।

प्रहरी उपरीक्षक पङ्गेनीका अनुसार सोही गाउँका ५३ वर्षीया महिला कालोदेवी महतो र ५४ वर्षीया दुलारीदेवी रामलाई बोक्सीको आरोप लगाउँदै पक्राउ परेका भुलन र सोमारीसहित १०–११ महिला पुरुष मिलेर शरीरका सबै कपडा च्यातेर निर्वस्त्र पारी कुटपिट गर्नाका साथै ज्यान मार्ने उद्योग गरेको भन्दै पीडित कालोदेवी महतोका छोरा अमित महतो र दुलारी देवीका नाति रामजीवन रामले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

जाहेरीपछि प्रहरीले सो घटनामा संलग्न रहेको आरोपमा भुलन र सोमारीलाई आज पक्राउ गरेको हो । निजहरुउपर (बोक्सीको आरोप लगाइ कुटपिट गरी ज्यान मार्ने उद्योग) मुद्दा चलाएर कारबाही प्रक्रिया अगाडि बढाएको छ भने बाँकी फरार व्यक्तिको खोजतलास भइरहेको जनाइएको छ ।

घटनाका प्रत्यक्षदर्शी स्थानीयवासीका अनुसार स्थानीय तलेवर राम, भुलन राम, रामु राम, राकेश राम, रबि राम, बहुरीदेवी राम, सोमनदेवी राम, आरतीदेवी राम, पवनदेवी राम र सुटियादेवी रामले कालोदेवी महतो तथा दुलारीदेवी राम दुवैलाई बोक्सी भन्दै नग्न पारेर हात, मुक्का, लातीले मरनासन्न गरी कुटपिट गरेका थिए ।

मरनासन्न गरी कुटिएकी महिला कालोदेवीको जिल्ला अस्पताल जलेश्वरमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको र अहिले पनि सोही अस्पतालमा उपचार भइरहेको पीडित महिलाका देवर दिनेश महतोले बताए।

प्रहरीले कालोदेवीलाई उद्धार गरी लगेपछि गाउँभन्दा ५०० मिटर टाढा खेतमा काम गरिरहेकी अर्की महिला दुलारीदेवी रामलाई पनि सोही समूहले खेतमै गएर शरीरका सबै कपडा च्यातेर उनीसँग पनि त्यस्तै व्यवहार गरेको पीडित दुलारीले बताइन्।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ७ : ०४ बजे

भोटेकोशी बाढीः अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए

सुदूरपश्चिम – भोटेकोशी बाढीका कारण हराएकामध्ये ७१ जना सम्पर्कमा आएका

ऋषिपञ्चमीका दिन आँधीखोलामा स्नान गर्दा बगेर महिलाको मृत्यु

वालिङ (स्याङ्जा) – ऋषिपञ्चमीका अवसरमा आँधीखोलामा स्नान गर्ने क्रममा खोलाले

भोटेकोशी बाढी अपडेट: १३ सय ९९ शव भेटिए

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज,

मुस्ताङमा जलवायु सम्मेलन २०८३ सुरु : दुई हजार बढी प्रतिनिधिको सहभागी

मुस्ताङ – मुस्ताङको जोमसोममा मङ्गलबारदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु