महोत्तरीमा शिक्षक अभावका कारण पठनपाठनमा समस्या | Khabarhub Khabarhub

महोत्तरीमा शिक्षक अभावका कारण पठनपाठनमा समस्या


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महोत्तरी जिल्लाको बर्दिबासस्थित जनहित नन्दलाल माद्यामिक विद्यालयमा शिक्षकको अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । झण्डै एक हजार विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा १७ जना शिक्षकले मात्र अध्यापन गराइरहेका छन् ।

एउटै कक्षमा ७० जनाभन्दा बढी विद्यार्थी राखेर अध्यापन गराउन बाध्य रहेको विद्यालयका प्रधानाध्यापक कुमार घिमिरे बताउँछन् ।

नियमानुसार १ हजार विद्यार्थीलाई पठनपाठन गराउन न्यूनतम २७ जना शिक्षकको आवश्यकता पर्छ । यसरी हेर्दा थप १० जना शिक्षकको अभाव छ ।

प्राविधिक धारको कक्षासमेत सुरुवात गरेको यस विद्यालयमा झण्डै ११ जिल्लाका विद्यार्थी अध्ययनरत छन् ।

बर्दिबासमात्र नभई छिमेकी जिल्ला र पालिकाको समेत यो विद्यालयमा आकर्षक बढेको छ । भर्नाको समयमा शिक्षकको अभाव रहेकै कारण धेरै विद्यार्थीलाई भर्ना लिन नसकिएको प्रधानाध्यापक घिमिरेले बताए ।

बर्दिबास–६ स्थित चौलिखामा रहेको यस विद्यालयमा विद्यार्थी संख्या अधिक बन्दा भवनको समेत अभाव बन्दै गएको छ । विद्यालयको जग्गा भए पनि भवन बनाउन बजेटको अभाव छ ।

शिक्षकको अभावबारे नगरलाई पनि थाहा छ । तर, पर्याप्त शिक्षक पठाउन सकेको छैन । अघिल्लो वर्ष स्थानीय सरकारले ६२ जना शिक्षक नगरबाट नै नियुक्त गरे पनि अझैँ बर्दिबासका ५२ वटा सामुदायिक विद्यालयमा शिक्षकको अभाव छ ।

जिल्लामा अहिले ३३१ सामुदायिक विद्यालय छन् । ती विद्यालयमा १ लाख १९ हजार १ सय २६ विद्यार्थी अध्ययनरत छन् ।

शिक्षा विकाश समन्वय इकाई महोत्तरीका प्रमुख भरतबाबु सुवेदिका अनुसार जिल्लाभरी ३ हजार ८ सय ४० शिक्षकको आवश्यक छ । तर, जिल्लामा अहिले १ हजार ५ सय २७ शिक्षकमात्र छन् ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  १० : ३२ बजे

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’