पोखरादेखि लेखनाथसम्मको बिजुली तार अन्डरग्राउन्ड गरिने « Khabarhub

पोखरादेखि लेखनाथसम्मको बिजुली तार अन्डरग्राउन्ड गरिने


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरा देखि लेखनाथसम्मको बिजुलीको तार अन्डरग्राउन्ड गरिने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा यहाँको तारलाई भूमिगत गर्न लागिएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रदेश सरकारसँगको भेटमा लेखनाथ सबस्टेसनबाट पोखरासम्मको बिजुली अन्डरग्राउन्ड गरिने जानकारी गराएका हुन् ।

त्यसका लागि पोखराको बिरौटामा अत्याधुनिक सबस्टेसन बन्न लागेको र त्यसमा सहजीकरण गरिदिन उनले प्रदेश सरकारसँग आग्रह गरेका छन् । अन्तका सब स्टेसनभन्दा फरक डिजाइनमा डोमभित्र सबस्टेसन निर्माण हुने र त्यसले वरिपरिको बस्तीमा केही असर नपर्ने उनको भनाइ छ । यो सबस्टेसन निर्माण पछि पोखरामा बिजुली जाने समस्या समाधान हुने बताइएको छ ।

प्रदेश सरकारले प्राधिकरणसँगको समन्वयमा उज्यालो प्रदेश कार्यक्रम सञ्चालन गरिरहेको छ । यही आर्थिक वर्षभित्र उज्यालो प्रदेश घोषणाको कार्यक्रम गरिने सरकारले जनाएको छ । घिसिङले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र ऊर्जा, जलश्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यलाई भेटेर उज्यालो प्रदेश घोषणा अभियानमा सघाउन प्राधिकरण तयार रहेको बताए ।

मुख्यमन्त्री पोखरेलले अरू प्रदेशभन्दा गण्डकीमा धेरै विद्युत् उत्पादन हुने भए पनि कतिपय ग्रामीण भेगमा अझै पनि विद्युतीकरण हुन नसकेको स्मरण गराए । गण्डकी प्रदेशको मादी करिडोर, मोदी करिडोर, मर्स्याङ्दी करिडोर र अन्य स्थानमा विद्युत् आयोजनाहरू धमाधम बनिरहेको अवस्थामा विद्युत् प्रसारण लाइन नहुँदा उल्झन परेको बताए ।

प्रदेशको राजधानी पोखरामा बिजुलीको लाइन अन्डरग्राउन्ड गर्न प्रदेश सरकार, प्राधिकरण र पोखरा महानगरले तत्कालै समन्वयमा काम गर्नुपर्ने उनको सुझाव छ । ऊर्जामन्त्री आचार्यले प्रदेश सरकारले सञ्चालन गरेको उज्यालो गण्डकी अभियान, काठेपोल विस्थापन अभियानमा भएका प्रगतिबारे जानकारी गराएका छन् ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ८ : ३५ बजे

रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।