छोटो समयमा नेकपा एसले पाएको सफलता सकारात्मक : झलनाथ खनाल | Khabarhub Khabarhub

छोटो समयमा नेकपा एसले पाएको सफलता सकारात्मक : झलनाथ खनाल


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले करिब आठ महिनाको छोटो समयमा आफ्नो पार्टीले प्राप्त गरेको सफलतालाई सकारात्मक रूपमा लिनुपर्ने बताएका छन् ।

हालै भएको स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट काठमाडौँ महानगरपालिका–१५ मा विजयी उम्मेदवारलाई बधाइ तथा स्थानीयवासीलाई आभार व्यक्त गर्न आयोजित कार्यक्रममा खनालले विद्रोहबाट गठन गरेको पार्टीले जनतालाई विश्वस्त पार्दै प्राप्त गरेको सफलताले अहिले पार्टी राष्ट्रव्यापी बन्न सफल भएको बताए ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका उनले आगामी दिनमा देशभर सङ्गठनलाई विस्तृत र व्यापक बनाउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा खनालले निर्वाचनमा गठबन्धनले टिकट बाँडफाँटमा न्यायोचित मूल्याङ्कन गर्न नसक्दा आफ्नो दललाई सम्मान गर्न नसकेको र त्यसका कारण पार्टीलाई धेरै फाइदा नभएको विचार व्यक्त गरे ।

नेता खनालले काठमाडौँ–१५ मा जस्तै देशभर एक्लै निर्वाचन लडेको भए पार्टीले अझै राम्रो परिणाम हासिल गर्न सक्ने बताए । कार्यक्रममा पार्टीका सचिव जीवनराम श्रेष्ठले आगामी दिनमा जनप्रतिनिधिले जनताको भावनाअनुसार स्थानीय पूर्वाधार विकासमा ध्यान दिनुपर्ने उल्लेख गर्दै घोषणापत्रका विषयलाई कार्यान्वयन गराउन जनप्रतिनिधिलाई आग्रह गरे । उक्त वडामा सो पार्टीको समूह नै विजयी भएको थियो ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ९ : २३ बजे

बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक को लिसंखु पाखर गाउँपालिका–१, निङ्गाले बागखोरस्थित मुडे–मेलुङ

अर्थतन्त्रमा जलवायु परिवर्तनको जोखिम : जीडीपीमै असर

काठमाडौं– विश्वमा जलवायु परिवर्तनको असर बढ्दै गएको विभिन्न तथ्यांकहरूले देखाएका

नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

काठमाडौं– नबिल बैंकले ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड’ योजनाको म्याद थप गरेको छ

मनाइयो कानुन दिवस : छिटो–छरितो न्याय प्रदान गर्न जोड

काठमाडौं– विसं २००९ वैशाख २६ गतेदेखि लागू भएको नेपाल प्रधान न्यायालय