उभौली पर्वलाई बिदाइ गर्दै राई समुदायद्वारा त्रियुगामा साकेला नृत्य प्रदर्शन | Khabarhub Khabarhub

उभौली पर्वलाई बिदाइ गर्दै राई समुदायद्वारा त्रियुगामा साकेला नृत्य प्रदर्शन


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उदयपुर जिल्लाको त्रियुगा नगरपालिका गाईघाटस्थित साकेला स्थानमा आज यस वर्षको उभौली पर्वलाई बिदाइ गर्दै किराँती राई समुदायले भव्यताका साथ साकेला नृत्य प्रदर्शन गरेका छन् ।

किराँत राई त्रियुगा नगर समिति र जिल्ला समितिको आयोजनामा सञ्चालन भएको उभौली पर्वको बिदाइको उपलक्ष्यमा भव्यताका साथ साकेला नृत्य कार्यक्रम प्रस्तुत गरिएको हो ।

जिल्लाको त्रियुगा, बेलका, चौदण्डी र कटारीसहित अन्य क्षेत्रबाट उभौली पर्वको बिदाइको लागि साकेला नृत्यमा हजारौँको सङ्ख्यामा किराँत राई समुदाय सहभागी भई साकेला नृत्य प्रस्तुतिका साथै उभौली पर्वलाई बिदाइ गरिएकोे किराँत राई यायोख्खाका जिल्ला अध्यक्ष नवीन राईले बताए ।

झण्डै एक महिना अगाडि वैशाख पूर्णिमाबाट सुरु भएको किराँत राईको उभौली पर्व आज सम्पन्न भएका कारण उभौलीको बिदाइको उपलक्ष्यमा जिल्लाव्यापी साकेला नृत्य प्रदर्शन गरिएको यायोख्खाले जनाएको छ ।

उभौली पर्वको बिदाइको उपलक्ष्यमा गाईघाटस्थित साकेला स्थानमा किराँती राईका नाछुङले साकेला स्थानमा भूमिदेवीको पूजा गरेर बिदाइ गरेपछि उभौली बिदाइ उपलक्ष्यमा साकेला नृत्य कार्यको आयोजना गरिएको किराँत राई यायोख्खा त्रियुगा नगर समितिका प्रतिनिधि चण्डिका राईले बताए ।

उभौली बिदाइ कार्यक्रममा उदयपुरका विभिन्न क्षेत्रबाट सहभागी हुन आएका युवा तथा युवतीले किराँत राई जातिको वेषभूषामा ढोल र झ्याम्टा बजाउँदै साकेला नृत्य गरेको आयोजक यायोख्खाले जनाएको छ ।

साकेला नृत्य कार्यक्रम सम्पन्न भएसँगै अब अर्को वर्ष भेट्ने बाचा गर्दै उभौली पर्वलाई बिदाइ गरिएको किराँत राई यायोख्खाका पूर्वजिल्ला अध्यक्ष विमल किराँतीले बताए ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ९ : ३७ बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा