उभौली पर्वलाई बिदाइ गर्दै राई समुदायद्वारा त्रियुगामा साकेला नृत्य प्रदर्शन « Khabarhub

उभौली पर्वलाई बिदाइ गर्दै राई समुदायद्वारा त्रियुगामा साकेला नृत्य प्रदर्शन


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उदयपुर जिल्लाको त्रियुगा नगरपालिका गाईघाटस्थित साकेला स्थानमा आज यस वर्षको उभौली पर्वलाई बिदाइ गर्दै किराँती राई समुदायले भव्यताका साथ साकेला नृत्य प्रदर्शन गरेका छन् ।

किराँत राई त्रियुगा नगर समिति र जिल्ला समितिको आयोजनामा सञ्चालन भएको उभौली पर्वको बिदाइको उपलक्ष्यमा भव्यताका साथ साकेला नृत्य कार्यक्रम प्रस्तुत गरिएको हो ।

जिल्लाको त्रियुगा, बेलका, चौदण्डी र कटारीसहित अन्य क्षेत्रबाट उभौली पर्वको बिदाइको लागि साकेला नृत्यमा हजारौँको सङ्ख्यामा किराँत राई समुदाय सहभागी भई साकेला नृत्य प्रस्तुतिका साथै उभौली पर्वलाई बिदाइ गरिएकोे किराँत राई यायोख्खाका जिल्ला अध्यक्ष नवीन राईले बताए ।

झण्डै एक महिना अगाडि वैशाख पूर्णिमाबाट सुरु भएको किराँत राईको उभौली पर्व आज सम्पन्न भएका कारण उभौलीको बिदाइको उपलक्ष्यमा जिल्लाव्यापी साकेला नृत्य प्रदर्शन गरिएको यायोख्खाले जनाएको छ ।

उभौली पर्वको बिदाइको उपलक्ष्यमा गाईघाटस्थित साकेला स्थानमा किराँती राईका नाछुङले साकेला स्थानमा भूमिदेवीको पूजा गरेर बिदाइ गरेपछि उभौली बिदाइ उपलक्ष्यमा साकेला नृत्य कार्यको आयोजना गरिएको किराँत राई यायोख्खा त्रियुगा नगर समितिका प्रतिनिधि चण्डिका राईले बताए ।

उभौली बिदाइ कार्यक्रममा उदयपुरका विभिन्न क्षेत्रबाट सहभागी हुन आएका युवा तथा युवतीले किराँत राई जातिको वेषभूषामा ढोल र झ्याम्टा बजाउँदै साकेला नृत्य गरेको आयोजक यायोख्खाले जनाएको छ ।

साकेला नृत्य कार्यक्रम सम्पन्न भएसँगै अब अर्को वर्ष भेट्ने बाचा गर्दै उभौली पर्वलाई बिदाइ गरिएको किराँत राई यायोख्खाका पूर्वजिल्ला अध्यक्ष विमल किराँतीले बताए ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ९ : ३७ बजे

रसुवा बाढी: ७३४ शव फेला, २४ सय बढी अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

नुवाकोट– जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै

त्रिशूली ३ ‘ए’ मा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै

काठमाडौँ – रसुवा र नुवाकोटको सीमामा रहेको त्रिशूली ३ ‘ए’

बाढीप्रभावित क्षेत्रमा अनुमतिविना ड्रोन उडाउन रोक, अटेर गरे कारबाही हुने

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीप्रभावित

कृष्णभीरमा बाटो भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ — धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा बाढीका कारण