प्रदेश र संघको निर्वाचनसम्म गठबन्धन कायम रहने प्रचण्डको भनाइ « Khabarhub

प्रदेश र संघको निर्वाचनसम्म गठबन्धन कायम रहने प्रचण्डको भनाइ


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धनलाई आगामी प्रदेश र संघको निर्वाचनमा समेत कायमै राख्ने बताएका छन् । उनले सोही अनुसार मेहनत गर्न कार्यकर्तालाई निर्देशन दिए ।

गएको वैशाख ३० को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित गण्डकी प्रदेशका जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै उनले आगामी चुनावमा गठबन्धन कायमै रहने र चुनावको तयारी गर्न आग्रह गरे । उनले निर्वाचनमा पार्टीले प्रमुख जितेका पालिकालाई क्रान्तिकारी र भोलिका दिनमा समाजवादी सत्ताको भ्रूणका रूपमा विकास गर्ने उद्देश्यमा स्पष्ट हुन सुझाए ।

२०७४ सालको स्थानीय तह चुनावमा माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई आफ्नो तरिकाबाट चल्न दिइए पनि अब पार्टीको नीति र सिद्धान्तका आधारमा पालिका चलाउन उनको आग्रह छ ।

प्रचण्डले स्थानीय निर्वाचनमा आफूहरू दोस्रो स्थानमा हुने आङ्कलन गरे पनि गठबन्धन अझै प्रभावकारी नहुँदा सिट घटेको बताएका छन् । उनले जनयुद्धबाट हासिल उपलब्धि समाप्त पार्ने षड्यन्त्र पटक पटक भइरहेको भन्दै संघीयता, गणतन्त्र र संविधान रक्षाका लागि सधैँ सचेत हुनुपर्ने बताए ।

विगतमा केपी ओलीले संसद् नै विघटन गरेर उपलब्धि समाप्त पार्न खोजेको आरोप लगाउँदै सबै उपलब्धि रक्षाको लागि आगामी चुनावमा समेत गठबन्धनको विकल्प नभएको प्रचण्डको भनाई छ ।

‘हामीले विजय हासिल गरेका १ सय २१ पालिकालाई समाजवादी सत्ताका भ्रूणहरू बनाउने र पालिकाहरूमा जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप सुनिश्चित गर्नुपर्ने खाँचो छ,’ उनले भने, ‘पालिकामा प्रत्येक निर्णय गर्नुअघि जनताको राय बुझ्ने मेकानिजम बनाउनुहोला । के गर्न उचित हुन्छ, सुझाव लिनुहोला ।’

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ८ : ५५ बजे

खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजनाको विवरण सङ्कलन गर्न स्थानीय तहसँग समन्वय गरिने

काठमाडौं – राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरणसम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुख्खा

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न

चार करोड ३८ लाख भुरा उत्पादन

जनकपुरधाम– यहाँस्थित मत्स्य मानव संसाधन विकास तथा प्रविधि परीक्षण केन्द्रले

भत्किएको तीन वर्षपछि बिरिङमा नयाँ पुल निर्माण सुरु

भद्रपुर– तीन वर्षअघि बाढीले क्षति पुर्याएको अर्जुनधारा नगरपालिका–७ स्थित बिरिङ