फाइल फोटो

समाचार

शनिबार करिब २ हजार ३ सय मेट्रिक टन फोहोर बन्चरेडाँडामा व्यवस्थापन 

By खबरहब

June 11, 2022

काठमाडौं- शनिबार काठमाडौं उपत्यकाको करिब २ हजार ३ सय मेट्रिक टन फोहोर बन्चरेडाँडा ल्याण्डफिल साइटमा व्यवस्थापन गरिएको छ ।

स्थानीयबासीको अवरोध हटेसंगै शुक्रबारबाट बन्चरेडाँडामा फोहोर विसर्जन सुरु भएको हो । पहिलो दिन शुक्रबार १५३ ट्रक फोहोर व्यवस्थापन गरिएको थियो । ल्यानफिल साइट प्रभावित क्षेत्रका स्थानीयले विभिन्न माग राख्दै फोहोर विसर्जनमा अवरोध गर्दा लामो समयदेखि उपत्यकाका सडकमा फोहोर थुप्रिएको थियो । शहरी विकाश मन्त्रालय, महानगर र प्रभावित क्षेत्रका प्रतिनिधिबीच सहमति भएपछि अवरोध खुलेको हो ।

महानगरले अहिले फोहोर ढुवानी तथा अन्तिम विसर्जन कार्यका लागि केही अवरोध नभएको महानगरका साइट इञ्चार्ज इन्जिनियर सरकारदीप श्रेष्ठले बताए । उनले यही गतिमा काम भए केही दिनमै सहरका सडक सफा हुने बताए ।