यो वर्ष भारतको कपडा निर्यात ह्वात्तै बढ्यो | Khabarhub Khabarhub

यो वर्ष भारतको कपडा निर्यात ह्वात्तै बढ्यो


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको कपडा निर्यात ह्वात्तै बढेको पाइएको छ । आर्थिक वर्ष सन् २०२२ मा भारतले कूल ४४ अर्ब ४० करोड अमेरिकी डलरको कपडा निर्यात गरेको भारतीय अनलाइन समाचार पोर्टल लाइभमिन्टले जनाएको छ ।

आर्थिक वर्ष सन् २०२० र सन् २०२१ को तुलनामा यो क्रमशः ४१ र २६ प्रतिशतले बढी रहेको जनाइएको छ । भारतले निर्यात गर्ने कपडा सबैभन्दा धेरै २७ प्रतिशत अमेरिका पुग्ने गरेको छ ।

त्यस्तै, भारतले निर्यात गर्ने १८ प्रतिशत कपडा युरोपेली युनियन पुग्ने गरेको जनाइएको छ ।

त्यसैगरी भारतीय कपडाका अरु प्रमुख निर्यात गन्तव्यहरु बंगलादेश र संयुक्त अरब इमिरेट्स पनि रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  १० : १८ बजे

पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनःप्राथमिकीकरण गरिएको छः प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम पुरानो र

दिगो विकासका लक्ष्य पूरा हुनेगरी बजेट व्यवस्था गरिनुपर्ने माग

काठमाडौं– प्रतिनिधिसभाको आइतबार बैठकमा सांसदहरूले दिगो विकासका लक्ष्य पूरा हुनेगरी

आर्थिक अभावले सङ्कटमा सुदूरपश्चिमका एफएम रेडियो

अमरगढी (डडेल्धुरा)– आर्थिक अभावमा सुदूरपश्चिमका एफएम रेडियो स्टेशन सङ्कटमा परेका

भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले भक्तपुर क्यान्सर अस्पताललाई उपचारमा

रवि लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबारे सर्वोच्च अदालतमा परेको