श्रीलंकामा विपक्षी पार्टी अन्तरिम सर्वदलीय सरकार गठन गर्न सहमत | Khabarhub Khabarhub

श्रीलंकामा विपक्षी पार्टी अन्तरिम सर्वदलीय सरकार गठन गर्न सहमत


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो – श्रीलंकाका प्रमुख विपक्षी दलहरू आइतबार राष्ट्रपति गोटाबाया राजापाक्षेको अपेक्षित राजीनामापछि सर्वदलीय अन्तरिम सरकार गठन गर्न सहमत भएका छन् । रिपोर्टहरूअनुसार विपक्षी दलहरूले राजापाक्षेको राजीनामापछि वर्तमान अभूतपूर्व आर्थिक संकटबाट देशलाई अगाडि बढाउने उपाय खोज्न वार्ता गरेका थिए ।

‘हामी अन्तरिम समयका लागि सबै दलहरूको सहभागितामा मिलिजुली सरकार गठन गर्न सैद्धान्तिक रूपमा सहमत छौं’, सत्तारुढ श्रीलंका पोदुजाना पेरामुना पार्टी (सएलपीपी बाट अलग्गिएको समूहका नेता विमल वीरावांसाले भने ।

उनले अगाडि थपे, ‘यो सरकार सबै दलको प्रतिनिधित्व हुने सरकार हुनेछ । ’ सोही समूहका अर्का नेता वासुदेव नानायकाराले सरकार गठनका लागि जुलाई १३ मा राजापाक्षेको राजीनामा पर्खनु नपर्ने बताए ।

राष्ट्रपति राजापाक्षेले शनिबार संसदका सभामुख महिन्दा यापा अबेवर्देनालाई बुधबार राजीनामा दिने जानकारी गराएका थिए । त्यस्तै, प्रधानमन्त्री रनिल विक्रमासिंघले पनि राजीनामा दिने प्रस्ताव गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल समुगी जनता बलवेगया पार्टीले व्यापक आन्तरिक छलफल भएको जनाएको छ ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ७ : ५६ बजे

विदेश छाडेर गाउँमा जैविक कृषिमा रमाएका ‘कुमार’

भोजपुर– कृषिप्रति यहाँका युवाको मोह बढ्दै गएको छ । वैदेशिक

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– मंगलबार स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल

तीन महिनामा तेइस सय बढी विपद्जन्य घटना

काठमाडौं– गत वैशाख १ गतेदेखि यही साउन ५ गतेसम्म देशभरका

अण्डा उत्पादन घट्यो, मूल्य बढ्यो

चितवन– अण्डाको मूल्य हालसम्मको उच्च भएको छ । उत्पादन घटेपछि

प्रि ओपन सेसन : नेप्सेमा २ अंक बढीको वृद्धि

काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)