कन्जरभेटिभ पार्टीले बोरिस जोन्सनको उत्तराधिकारी छान्ने विषयमा चासो सुरु भइसकेको छ। देशको सबैभन्दा ठूलो जननिर्वाचित पदका लागि केही सांसद र मन्त्रीसहित धेरै जनाको नाम अगाडि बढाइएको छ।
पूर्व एक्सचेकर पूर्व चान्सलर ऋषि शौनक अहिले मुख्य दाबेदार मानिएका छन्। यसैगरी, विदेश सचिव लिज ट्रस, पूर्व स्वास्थ्य सचिव साजिद जाभीद, नयाँ एक्सचेकर चान्सलर नहिद जहावी र सांसद सदस्य जेरेमी हन्टलाई मुख्य दाबेदार ठानिएको छ।
महान्यायाधीवक्ता सुसेला ब्रेभम्यान, मिनिस्टर अफ स्टेट मेनी पोरडाउन्ट, सांसद सदस्य टम टागगेन्डान्ट, गृह सचिव प्रीति पटेल र सुरक्षा सचिव ग्रान्ट साप्स र पूर्व मन्त्री केबी बोडनेकलाई मुख्य दाबेदार मानिएको हो।
शौनक रेसमा सबै भन्दा अगाडि छन्। उनलाई मोरडाएन्ट र ट्रसले पछ्याइरहेका छन्। जाभीदलाई पनि कमजोर आँक्न सकिँदैन।
नयाँ नेताको चयनको तालिका अर्को साता प्रस्ट हुने छ भने सेप्टेम्बरदेखि नयाँ प्रधानमन्त्रीले कार्यभार सम्हाल्ने छन्। अहिलेको नयाँ नियम अनुसार प्रधानमन्त्रीको दाबी पेस गर्नका लागि सुरुवाती चरणमा कन्जरभेटिभ सांसदले मतदान गर्नेछन्। अहिले बल कन्जरभेटिभ पार्टीको कोर्टमा आइपुगेको छ। हरेक चरणको मतदान प्रक्रियाका लागि सांसदले नियममा परिवर्तन गर्न पनि सक्ने छन्।
अहिले रेसमा अगाडि ठहरिएका शौनकले सन् २०२० देखि २०२२ सम्म चान्सलरको भूमिका निर्वाह गरेका हुन्। यस अगाडि उनी बेलायती प्रशासनका धेरै उच्च ओहदामा पनि थिए।
भारतीय मूलका शौनकका अभिभावक पूर्वी अफ्रिकासँग पनि सम्बन्धित छन्। ऋषिका बाबु यासभिर शौनक तथा आमा उषा दुवै भारतीय मूलका हुन्। यी दुईबाट ऋषि साउथहाम्टनमा १२ मे १९८० मा जन्मिएका हुन्। यासभिर भने केन्यामा जन्मिएका हुन्।
पन्जाबबाट यासभिरका बाबु केन्या गएका हुन्। १९६० मा शौनक परिवार केन्याबाट बेलायत पुगेको हो। त्यहाँको एक लोकल फार्मेसीमा उषा फर्मेसीयनको रूपमा काम गर्थिन् भने यासभिर पनि त्यहीँ काम गर्थे।
हम्सायरमा जन्मिएका उनले विन्चेस्टर कलेजमा अध्ययन गरेका हुन्। त्यसपछि उनले लिङ्कन कलेजमा दर्शनशास्त्र, राजनीति र अर्थशास्त्रको अध्ययन गरेका थिए। त्यसपछि उनले स्ट्यानफोर्ड विश्व विद्यालयबाट एमबिए गरेका थिए।
उनले चिल्ड्रेन इन्भेस्टमेन्ट फन्ड म्यानेजमेन्टमार्फत् व्यापारमा पनि आफूलाई संलग्न गरेका थिए। उनका ससुरा तथा भारतीय व्यापारी एनआर नारायणनन मूर्तिसँग मिलेर उनले व्यवसाय पनि गरेका छन्।
सन् २०१४ मा उनी रिचमन्ड क्षेत्रबाट कन्जरभेटिभ पार्टीका विधायक बनेका थिए। त्यसपछि राजनीतिक जीवनमा एकपछि अर्को सफलता पाएका शौनकको कोभिड–१९ महामारीको समयमा महत्त्वपूर्ण भूमिका रहेको थियो। कोरोना महामारी चलेको समयमा बेलायती प्रधानमन्त्री र चान्सलरकै आलोचना भएको थियो। तल्लो तहका नागरिकको अवस्था अझ खराब भएको तथा जनजीवन नै समस्यामा परेको भन्दै यस्तो आलोचना भएको हो। यो आलोचना धेरै दिनसम्म रहेन।
रोजगार गुमाउनेका लागि चालिएको राहत प्याकेज र पुनः समायोजन तथा पुनःस्थापित गर्ने नीति लागु भएपछि चान्सलर शौनकलाई सफल मानिएको थियो। यसैगरी उनले व्यवसायीका लागि पनि नयाँ प्याकेज ल्याएका थिए।
सन् २०१० देखि विधायक रहेकी मेरी एलीजाबेग ट्रस बेलायतका प्रधानमन्त्री पदकी अर्की दाबेदार हुन्। हालसम्मको रेसमा शौनक अगाडि मानिन्छन्। तर, ट्रसलाई पनि कमजोर आँक्न भने सकिँदैन। सन् २०२१ देखि यता विदेश सचिव रहेकी उनी सन् २०१९ देखि नै महिला तथा समानता मन्त्रीको रूपमा जिम्मेवारी सम्हालीरहेकी छन्। उनले डेभिड क्यामरुन, थोसस मे र जोन्सनको मातहतमा धेरै पटक क्याबिनेट मन्त्रीको रूपमा काम गरिरहेकी छन्।
अक्सफोर्ड विश्व विद्यालयमा लिबर डेमोक्र्याटको प्रमुख रहेकी उनी सन् १९९६ मा कन्जरभेटिभ पार्टीमा आबद्ध भएकी थिइन्। १६ जुलाई १९५७ मा जन्मिएकी उनीसँग अर्थशास्त्रीको रूपमा काम गरेको लामो अनुभव छ भने थिङ ट्याङ्क रिफर्मकी उपनिर्देशकको जिम्मेवारीसमेत सम्हालिसकेकी छन्।
सन् २०१० मा सांसद सदस्य हुनु भन्दा अगाडि उनले थुप्रै क्षेत्रको नीति निर्माणको काममा आफूलाई सक्रिय राखेकी थिइन्। उनकै पहलमा कन्जरभेटिभ सांसदको फ्री इन्टरप्राइजेज समूह पनि गठन भएको थियो। उनी पुस्तक लेखनमा पनि उत्तिकै सक्रिय रहिन्। उनले लेखेको ‘आफ्टर द कोलीसन’ र ‘ब्रिटानीका अन चेन्ड’ उत्तिकै सफल भए।
सन् २०१२ देखि १४ को बीचमा ट्रसले स्टेट फर चील्ड्रेन एन्ड एजुकेसन संसदीय उपसमितिमा रहेर काम गरेकी थिइन्। डेभिड क्यामरुनले सन् २०१४ मा मन्त्रीमण्डल पुर्न गठन गर्दै उनलाई मन्त्रालयको जिम्मेवारी दिएका थिए।
त्यसै दिनदेखि उनको राजनीतिक जीवनको उचाइ एकपछि अर्को ढंगले बढेको छ । बेलायत युरोपेली युनियनमा रहनुपर्छ भन्ने अभियानको उनी कटर समर्थक थिइन्। उनको यो प्रयासले भने सार्थकता पाएन।
सन् २०१६ मा क्यामरुनले राजीनामा दिएपछि उनी थेसस मेबाट सेक्रेटरी अफ स्टेट फर जस्टीस तथा लर्ड चान्सलर चयन गरेका थिए। उनी बेलायतको १ हजार वर्ष पुरानो इतिहासमा लर्ड चान्सलर हुने पहिलो महिलाको रूपमा कीर्तिमान राख्न सफल भएकी थिइन्। सन् २०१९ मा बोरिस जोन्सनले कन्जरभेटिभ पार्टीको नेतृत्व गर्ने दाबीलाई साथ दिएकी थिइन्। उनले साथ दिएका जोन्सनले अहिले पद त्याग गरिसकेका छन्।
गत साता थुप्रै जातीय सक्यान्डलमा परेका कारण पार्टीभित्रै दबाब बढेका बोरिस जोन्सनले राजीनामा दिएका हुन्। कन्जेरभेटिभ पार्टीले अर्को प्रधानमन्त्री चयन नगरेसम्म उनी काम चलाऊ प्रधानमन्त्रीकै रूपमा रहने छन्। यो राजीनामाका बाबजुद अर्को प्रधानमन्त्री चयन नभएसम्म उनले आफूले सुरु गरेका कामलाई निरन्तरता दिन सक्ने छन्। नयाँ कामको सुरुवात गर्ने अवसर भने उनले पाउने छैनन्।
अन्तिम समयसम्म उनले आफ्नो पार्टीका सहकर्मीसँग सरकार परिवर्तन गर्दै अस्थिरता ल्याउने कुरा आन्तरिक तथा बाह्य राजनीति खराब भएको अवस्थामा अनुपयुक्त भएको बताएका थिए।
जोन्सनको कार्यकालपछि पनि बेलायतको वैदेशिक नीतिमा परिवर्तन नहुने अनुमान गरिएको छ। रुसले युक्रेनमा आक्रमण गरेपछि बेलायत पश्चिमा देशसँगै युक्रेनको साथमा उभिएको छ। जोन्सनले यसले आफूलाई गर्व लागेको बताएका छन्।
जोन्सनले कार्यकालको तीन वर्ष सकिएको समयमै राजीनामा दिनु परेकोमा आफूलाई दुख लागेको बताएका छन्। उनले राजीनामा दिने क्रममा संसारकै उत्कृष्ट जिम्मेवारीलाई बीच समयमा छाड्नु परेकोमा दुःख लागेको बताएका हुन्।
बेलायतका विपक्षी दलका नेता केइट स्मेटरले जोन्सनको राजीनामा देशका लागि खुसीको समाचार भएको बताएका थिए। उनले यो राजीनामा धेरै अगाडि आइसक्नु पर्ने धारणा राखेका थिए। स्टेमरले त १२ वर्ष सत्तामा रहेर कन्जरभेटिभ पार्टीले देशको अर्थतन्त्र नै नास गरेको आरोप लगाएका छन्।
साजीद जाभीदलाई कन्जरभेटिभ पार्टीको अर्का सशक्त दाबेदार मानिएको छ। सन् २०२१ जुन देखि २०२२ को जुलाईसम्म उनी गृहसचिव तथा चान्सलर अफ एक्सचेकरको रूपमा काम गरेका थिए। उनी पनि सन् २०१० देखि यता कन्जरभेटिभ पार्टीको प्रतिनिधित्व गर्दै संसद रहेका छन्।
५ डिसेम्बर १९६९ मा जन्मिएका उनी पनि आप्रवासी मूलका व्यक्ति हुन्। उनी पाकिस्तानी तथा पन्जाबी अभिभावकका सन्तान हुन्। उनका अभिभावक पन्जाबका कृषक थिए। सन् १९६० मा उनीहरूको परिवार बेलायत पुगेको थियो। उनका बाबु बस ड्राइभर थिए भने आमा राम्रोसँग अंग्रेजी बोल्न सक्ने हुनका लागि १० वर्ष बेलायत बस्नु परेको थियो।
हजारौँ वर्ष पुरानो इतिहास भएको बेलायतमा जोनसन राजीनामा प्रकरण अनौठो पनि हो। जोन्सनको उत्तराधिकारीको भन्ने प्रश्न पक्कै पनि महत्त्वपूर्ण हो। सायद जो भए पनि डाइनामिक नेतृत्व बेलायतले पाउने छ। स्रोत : बीबीसी, सिएनएन, विकीपीडीया
प्रतिक्रिया