दुई वर्षदेखि साउदीमा अलपत्र ४ युवा स्वदेश फर्कँदै « Khabarhub

दुई वर्षदेखि साउदीमा अलपत्र ४ युवा स्वदेश फर्कँदै



दोहा – रोजगारीका लागि साउदी अरेबिया पुगेर करिब दुई वर्षदेखि अलपत्र परेका ४ नेपाली युवा स्वदेश फर्किने तयारीमा रहेका छन् ।

पीडितहरूलाई गैर आवासीय नेपाली संघ (एनआरएनए) अल-कासिमको समन्वय र रियादस्थित नेपाली दूतावासको विशेष पहलमा एक्जिट भिसा लगाइ स्वदेश फर्काउन लागिएको हो ।

पीडितहरूमा चितवनका कर्णबहादुर घर्ती, रुपन्देहीका द्वयदिप नारायण चाइ, कुमार सहानी र झापाका नवीन दराइ नेपालीको दूतावासको पूर्वी क्षेत्रका जनसम्पर्क अधिकारी नारायण पास्वानमार्फत दम्माम हुँदै एनआरएनए क्षेत्रीय समन्वय समितिका संरक्षक विशाल श्रेष्ठकोमा पुगेका थिए ।

एनआरएनए अल कासिम संरक्षक तथा अल कासिमका लागि दूतावास प्रतिनिधि श्रेष्ठको सम्पर्कमा पुगेका पीडितहरूलाई श्रेष्ठकै पहलमा एक्जिट भिसा लगाएर नेपाल जानको लागि जुबेल फर्केको एनआरएनए क्षेत्रीय समन्वय समिती अल कासिमले जनाएको छ ।

पीडित चारै जना एक्जिट भिसाका लागि अन्य डकुमेन्ट लिएर अल कासिममा जुन १६ तारिखका दिन सम्पर्कमा आएका र उक्त दिन नै लेवरकोर्टमा श्रेष्ठकै पहलमा एक्जिट भिसाको लागि डकुमेन्ट बुझाइएको थियो ।

तत्पश्चात लगातार फलो गरेर गत जुन ३० तारिखका दिन उनीहरुको एक्जिट भिसा लागेको थियो र पीडितहरु चारै जना सोही दिन स्वदेश फर्कनका लागि हवाई टिकट व्यवस्था गर्न जुबेल गएको र टिकट हुने बित्तिकै नेपाल फर्कने एनआरएनए क्षेत्रीय समन्वय समिती अल कासिमले जनाएको छ ।

गत जुन २२ तारिख पनि कम्पनी छाडेर भागेकोले (हुरुप) लागेर नेपाल फर्कन नसकेका दोलखाका अर्जुन राया, कैलालीका कुसुराम चौधरी, कपिलवस्तुका प्रेम थापा, रौतहटका फारुक देवान र झापा देवी प्रसाद ओलीलाई आरसिसी अल-कासिमको समन्वय र दूतावासको पहलमा नेपाल फर्काइएको थियो ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ९ : ५७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै