संवैधानिक परिषद् ऐन र नागरिकता विधेयकमाथि नारायणकाजीको आपत्ति | Khabarhub Khabarhub

संवैधानिक परिषद् ऐन र नागरिकता विधेयकमाथि नारायणकाजीको आपत्ति


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभामा प्रस्तुत भएको संवैधानिक परिषद् ऐन र नयाँ नागरिकता विधेयकमाथि पाँच दलीय गठबन्धनभित्र छलफल गर्न माग गरेका छन् ।

विगतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमत सदस्यको उपस्थितिमा संवैधानिक निकायमा नियुक्ति गर्ने प्रावधानको विरोध गर्नेले पुनः सोही प्रावधान राखेर संवैधानिक परिषद् विधेयक ल्याउनु दोहोरो चरित्र भएको भन्दै उनले पाँच दलीय गठबन्धनमा छलफलको माग गरेका हुन् ।

बाबुआमा दुवै नेपाली नागरिक भएका सन्तानले समेत नागरिकता नपाई राज्यविहीन भएर भोग्नु परेको पीडाको तत्काल अन्त्य गर्न उनीहरूलाई नागरिकता प्रदान गर्ने कानुनी व्यवस्था गरिहाल्नु पर्ने उनको माग छ । ‘राज्य व्यवस्था समितिले पारित गरेको अरू प्रावधानलाई लत्त्याएर अल्पमतमा परेको प्रावधान लागू गर्ने गरी कानुनी व्यवस्था गर्नु स्वीकार्य हुँदैन।’ उनले भनेका छन् ।

‘यस्तो संवेदनशील मुद्दामा अल्पमतमा परेको प्रावधान लागू गर्ने गरी अघि बढ्न खोज्नु न्यूनतम लोकतान्त्रिक मान्यताको विरुद्ध हुन्छ, छलफल गरौँ र सकारात्मक समाधान निकालौँ ।’श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  १० : ४७ बजे

खोलामा नुहाउन गएकी बालिकाको डुबेर मृत्यु

चन्द्रपुर– रौतहटको लालबकैया खोलामा नुहाउन गएकी एक बालिकाको डुबेर मृत्यु

आगजनीबाट जोगिएका सामग्रीबाटै तयार हुँदैछ प्रधानमन्त्रीको कार्यकक्ष

काठमाडौं– जेन-जी प्रदर्शनका क्रममा मुख्य निशानामा परेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा

दसैँअघि चितवनको इच्छाकामना गाउँपालिका कार्यालय सञ्चालनमा नआउने

मुग्लिन– जेनजीका नाममा भएको प्रदर्शनमा भदौ २४ गते भएको आगजनी

सुशीला कार्कीको नियुक्ति संविधानविपरीत : जनमोर्चा 

काठमाडौं– राष्ट्रिय जनमोर्चाले राष्ट्रपति रामचन्द्र पौडेलले संविधानविपरीत पूर्व प्रधानन्यायाधीश सुशीला

प्रचण्डसहित १९ माओवादी नेताका घर ध्वस्त

काठमाडौँ – भ्रष्टाचार र बेथितिविरूद्व जेन–जी पुस्ताले सुरू गरेको आन्दोलन