कांग्रेस महामन्त्री शर्माको प्रश्न : प्रधानमन्त्री देउवा ओलीकै बाटोमा किन « Khabarhub

कांग्रेस महामन्त्री शर्माको प्रश्न : प्रधानमन्त्री देउवा ओलीकै बाटोमा किन


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाई गलत सल्लाह दिने को हो ? भनेर प्रश्न गरेका छन् ।

बहुमत सदस्यको उपस्थितिमा सवैधानिक नियुक्ति गर्न सकिने प्रावधानसहित संवैधानिक परिषद् सम्बन्धी विधेयक दर्ता गरे पछि महामन्त्री शर्माले प्रश्न उठाएका हुन् । उनले सो विधेयक तत्काल फिर्ता गर्न पनि माग गरेका छन्।

‘ओलीको पालामा जो गलत, देउवाको पालामा पनि गलत, यसमा सत प्रतिशत प्रस्ट छौँ हामी’ शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संवैधानिक परिषद् सम्बन्धी विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै तर यस्तो भयो कसरी ? हुन्छ कसरी ? गर्छ कसले ? सल्लाह दिन्छ कसले ? यो दुःखद छ, प्रधानमन्त्रीको गम्भीर जबाफदेहिता जरुरी छ ।’

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ११ : ४० बजे

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६