मर्स्याङदीका भूमिहीनलाई लालपुर्जा दिन निस्सा वितरण सुरु | Khabarhub Khabarhub

मर्स्याङदीका भूमिहीनलाई लालपुर्जा दिन निस्सा वितरण सुरु


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिकामा भूमिहीनलाई लालपुर्जा वितरण प्रक्रियाका लागि निस्सा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग लमजुङको सहकार्यमा मर्स्याङ्दी गाउँपालिकाले वडाको समन्वयमा निस्सा वितरण  गरेको हो ।

गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष दामोदर अधिकारी, आयोगका विज्ञ सदस्य, वडाध्यक्ष सहितको टोलीले निस्सा वितरण गरेको हो ।

भूमिहीन सुकुम्वासी पहिचान भएका व्यक्तिलाई निस्सा प्रदान गर्दै गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले आवश्यक प्रक्रिया पूरा गरी जतिसक्दो छिटो लालपुर्जा वितरण गरिने बताए।

आयोगका जिल्ला अध्यक्ष  दामोदर अधिकारीले भूमिहीन र अव्यवस्थित बसोबासलाई अभिमुखीकरण गर्दै निस्सा वितरण विधि र कानुनी प्रावधानको बारेमा जानकारी गराए  । आयोगले सम्बन्धित पालिकाको सहकार्यमा काम गरेको भन्दै सम्भवतः आगामी दसैँ भित्रमा सम्बन्धित परिवार तथा व्यक्तिको हातहातमा लालपुर्जा उपलब्ध गराइने बताए।

कार्यक्रममा अध्यक्ष अधिकारीले अव्यवस्थित बसोबासीहरूको हकमा यदि गरिब पहिचान भएमा ३५ प्रतिशत छुटमा भोगचलन गरिरहेको जग्गा प्राप्त गर्ने जानकारी गराए । गरिब पहिचान नभएको खण्डमा भने सम्बन्धित परिवारले जग्गाको मूल्यसहित २०० प्रतिशतसम्म कर तिर्नुपर्ने आयोगले जनाएको छ । यदि कसैले छलकपट गरी सुकुम्वासी लालपुर्जा लिने प्रयास गरेको वा लिएको पाइएमा कैद सहित जरिवाना सजाय हुने कानुनमा उल्लेख छ ।

मर्स्याङ्दी  गाउँपालिकामा ७८ भूमिहीन र १७७ अव्यवस्थित गरी २५५ व्यक्ति तथा परिवारलाई निस्सा वितरण गरिएको गाउँपालिकाका सूचना अधिकारी भरतराज बास्तोलाले जानकारी दिए  ।

आयोगले यसअघि अव्यवस्थित बसोबास भएका, भूमिहीन दलित र भूमिहीन सुकुम्वासी गरी तीन प्रकृतिको लगत संकलन गरेको थियो । जिल्लामा हालसम्म संकलन भएका निवेदनहरूमा स्थानीय तहको सिफारिसअनुसार आवश्यक प्रक्रियाअघि बढाउने काम भइरहेको आयोगले जनाएको छ । आयोगका अनुसार आवश्यक प्रक्रिया पूरा गरेपश्चात भूमिहीन सुकुम्वासीले १३० वर्गमिटर जग्गा प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  १२ : ३० बजे

रास्वपा सांसद सदनबाट बाहिरिएपछि प्रकाशशरणले भने- लगातार उभिन गाह्रै हुन्छ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू संसद् बैठकबाट बाहिरिएका छन्

सुदूरपश्चिम प्रदेश सरकारद्वारा ४२ प्रतिशत बजेट खर्च

अत्तरिया– सुदूरपश्चिम प्रदेश सरकारले कूल विनियोजित बजेटको ४२ दशमलव २७

नारायणघाट-बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने

नवलपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा १० घण्टा

रास्वपाले गर्‍यो स्व पत्रकार रजकको परिवारलाई आर्थिक सहयोग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीनकुने घटनामा निधन भएका पत्रकार

संसद्‍मा रास्वपाको अवरोधबीच मन्त्रालयअन्तर्गत विनियोजन बजेटमाथि छलफल

 काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवरोधका बीच प्रतिनिधिसभाको