तरकारी जोन कार्यक्रमबाट स्थानीय कृषक लाभान्वित | Khabarhub Khabarhub

तरकारी जोन कार्यक्रमबाट स्थानीय कृषक लाभान्वित


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कावासोती- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत नवलपरासी पूर्व नवलपुरमा सञ्चालित तरकारी जोन कार्यक्रमले यहाँका कृषक लाभान्वित भएका छन् ।

नवलपुरका तीन स्थानीय तहका १६ वडालाई समेटी तरकारी जोन कार्यक्रम सञ्चालन गरिएको छ । कावासोती नगरपालिकाको वडा नं ४, ९, १० १२, १५, १६ र १७, मध्य बिन्दु नगरपालिकाको वडा नं १, २, ३, ६, ९ र हुप्सेकोट गाउँपालिकाको १, २, ३, ४ वडालाई समेटेर तरकारी जोन कार्यक्रम सञ्चालन गरिएको छ ।

तरकारी जोन कार्यक्रम आर्थिक वर्ष २०७६/०७७ बाट सुरु भएको हो । परियोजना सुरु हुनु पूर्व यी क्षेत्रमा तरकारी खेतीको क्षेत्रफल ५१२ हेक्टर रहेको थियो ।

हाल क्षेत्रफल विस्तार भएर ६६० हेक्टर पुगेको छ । तीन स्थानीय तहका ९९ समूह, छ सहकारी र ५२ उद्यमी गरेर १५७ तरकारी जोनमा आबद्ध छन् भने दुई हजार ३५५ घरधुरी तरकारी जोनमा संलग्न छन् ।

नवलपुर जिल्ला कृषिमा अब्बल मानिन्छ । यहाँ व्यावसायिक तरकारी खेती गर्ने किसानको सङ्ख्या बाक्लै छ । परियोजना सुरु हुने अघि नै धेरै किसान तरकारी खेतीमा लागेका थिए तर परियोजना लागू भएपछि किसान थप हौसिएका छन् ।

धेरै नयाँ किसानसमेत तरकारी खेतीमा आकर्षित भएका छन् । परियोजनाबाट प्राप्त सहयोग र परामर्शले तरकारी खेती गर्ने कृषकलाई ठुलो राहत मिलेको छ ।

जोनमा आबद्ध हुप्सेकोट–१ जुकेपानीको लेक बेँसी कृषक समूहका कृषक शङ्कर थापाले तरकारी जोन परियोजना लागू भएपछि मलचिङ, स्प्रे ट्याङ्की, जोख्ने काँटालगायतका सामग्री पाउँदा कृषक निकै उत्साहित भएको बताए।

परियोजनाका बारेमा जानकारी नहुँदा पालिकामा मात्रै निर्भर रहनु परेको, पालिकाबाट सानो सहयोग हुने गरेकोमा परियोजनामा आबद्ध भएपछि कृषकलाई आवश्यक धेर सामग्री अनुदानमा पाउँदा लागत घटेको उनी बताउँछिन् ।

परियोजनाको कामबाट आफ्नो समूह निकै खुसी भएको उनले बताए । ‘परियोजनाले विभिन्न सहयोग गरिरहेको छ, प्राविधिक ज्ञानसमेत प्रदान गर्ने गरेको छ’, ‘यसले धेरै सहजता मिलेको छ’, कृषक शङ्कर थापाले भने, ‘यसले कृषि पेसा गर्न उत्प्रेरित गरेको छ ।’

जुके पानीकै सुनौलो महिला कृषक समूहकी अध्यक्ष कृष्णमाया राना मगरले तरकारी जोन कार्यक्रमबाट किसानलाई धेरै कुरामा सहज भएको बताइन् । विशेष गरेर कृषि सामग्रीमा ५० प्रतिशत अनुदान कार्यक्रमले कृषक बढी लाभान्वित भएको उनले बताइन्। निर्वाहमुखी खेती गर्दै आएकोमा अहिले व्यावसायिक खेती तर्फ किसान आकर्षित भएको उनले बताइन् ।

हुप्सेकोटको जुकेपानी क्षेत्रमा अधिकांश किसान काँक्रा खेती गर्छन् । जुकेपानीबाट मात्रै एक सिजनमा रु १० करोड बराबरको काँक्रा बिक्री गरिएको छ । त्यसबाहेक टमाटर, आलु, बोडी, भिण्डी करेलालगायतका खेती गर्ने गरिएको छ ।

यस्तै कावासोती–१७ का किसान जोगबहादुर महतोले पनि परियोजना किसानका लागि निकै फलदायी भएको बताए । परियोजनाबाट प्राप्त बीउ बिजन राम्रो हुने भएकाले उत्पादन पनि राम्रो भएको उनको भनाइ छ ।

अनुदानमा सामग्री पाउँदा किसानलाई धेरै राहत मिलेको उनले बताए । परियोजना सञ्चालन गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपरासी पूर्वको कार्यालयका कर्मचारी कृषकका समस्या समाधान गर्न लागि परिरहेका छन् ।

कार्यालय प्रमुख विष्णुप्रसाद शर्माले परियोजना लागू भएका तीन पालिकाका १६ वटा वडामा तरकारी जोनअन्तर्गत कार्यालयले गर्ने सहयोगमा क्षेत्र विस्तारमा बीउ बिजन, उत्पादन सामग्रीमा ५० प्रतिशत अनुदान र सिँचाइ आयोजनामा ८५ प्रतिशतसम्म अनुदान दिइएको जानकारी दिए।

तरकारी खेतीले छोटो समयमा उत्पादन दिने र आम्दानी गर्न सकिने पेसा भएको कारण अहिले युवासमेत तरकारी खेतीतर्फ आकर्षित भएको र कतिपय वैदेशिक रोजगारीमा जाने युवालाई गाउँमै रोक्न सफल भएको समेत उनी बताउँछिन् ।

तरकारी जोन परियोजनाअन्तर्गत जिल्लामा विशेष गरेर काँक्रा र टमाटर खेतीलाई प्राथमिकता दिएको छ । त्यसबाहेक आलु, बोडी, भिण्डी करेला, घिरौँला, खुर्सानीलगायतका तरकारी खेती यहाँ गरिन्छ ।

परियोजना नहुँदा किसानले उत्पादन सामग्री सबै आफ्नै खर्चमा किन्नुपर्दा लागत बढी लाग्ने गरेको थियो । अहिले अनुदानमा सामाग्री पाएपछि भने उत्पादन लागत घट्दा नाफा बढी भएको किसान बताउँछन् ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  १२ : १५ बजे

सुदूरपश्चिम प्रदेश सरकारद्वारा ४२ प्रतिशत बजेट खर्च

अत्तरिया– सुदूरपश्चिम प्रदेश सरकारले कूल विनियोजित बजेटको ४२ दशमलव २७

नारायणघाट-बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने

नवलपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा १० घण्टा

रास्वपाले गर्‍यो स्व पत्रकार रजकको परिवारलाई आर्थिक सहयोग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीनकुने घटनामा निधन भएका पत्रकार

संसद्‍मा रास्वपाको अवरोधबीच मन्त्रालयअन्तर्गत विनियोजन बजेटमाथि छलफल

 काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवरोधका बीच प्रतिनिधिसभाको

काठमाडौं उपत्यकामा दैनिक मेलम्चीको पानी : मन्त्री यादव

काठमाडौं– खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा चौबीसै घण्टा स्वच्छ