संवैधानिक परिषद् विधेयक फिर्ता लिन एमाले सचिव भट्टराईको माग  « Khabarhub

संवैधानिक परिषद् विधेयक फिर्ता लिन एमाले सचिव भट्टराईको माग 


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका सचिव योगेश भट्टराइले संवैधानिक परिषद् सम्बन्धी विधेयक फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

सरकारले उक्त विधेयक राष्ट्रिय सभामा पेस गरेपछि उनले यस्तो माग राखेका हुन् । ‘संविधानको अक्षर र भावना विपरीत सरकारले राष्ट्रिय सभामा पेस गरेको संवैधानिक परिषद् सम्बन्धी विधेयकको विरोध गर्दछु र तत्काल फिर्ता लिन माग गर्दछु,’ भट्टराईले आज सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

उनले सरकारलाई संविधान अनुकूल चल्न पनि आग्रह गरेका छन् । ‘सत्तामा बस्नेहरूले आफ्नो अनुकूल संविधान भत्काउने होइन बरु संविधान अनुकूल चल्ने र संविधानको रक्षा गर्ने दायित्व हुन्छ भन्ने भुल्नु हुँदैन,’ सचिव भट्टराईले भनेका छन् ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  १२ : २३ बजे

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

एजेन्सी – ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,