वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्नेमा मन्त्री कुँवरको जोड « Khabarhub

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्नेमा मन्त्री कुँवरको जोड


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोदावरी- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनु जरुरी रहेको बताएका छन् । कैलालीको धनगढीमा प्रेस सङ्गठन नेपालद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक जाने नेपाली श्रमिक विभिन्न बहानामा ठगिँदै आएकाले त्यसलाई व्यवस्थित गर्न सरकार लागि परेको बताएका हुन् । 

सामाजिक सुरक्षाको दायरा वृद्धि गर्दै त्यसको प्रभावकारी कार्यान्वयन गरिने र वैदेशिक रोजगारमा रहेका नेपालीलाई पनि सामाजिक सुरक्षाको दायरामा समेटिने जानकारी दिँदै मन्त्री कुँवरले नेपाली श्रमबजारमा अझै दक्षजनशक्ति अभाव रहेकाले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने र स्वदेशमै पनि रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए ।

वैदेशिक रोजगारबाट आर्जित सीप, प्रविधि र पुँजीको उपयोगबाट आन्तरिक रोजगारी प्रवर्द्धन गर्न मन्त्रालय लागिपरेको उनको भनाइ थियो । 

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  १२ : ३४ बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक