सुरक्षा लेख्छिन् ,‘लोकसेवाको प्रश्नमा एउटा उत्तर हुँदाको क्षण’  | Khabarhub Khabarhub

सुरक्षा लेख्छिन् ,‘लोकसेवाको प्रश्नमा एउटा उत्तर हुँदाको क्षण’ 


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत जेठ ५ गते अभिनेत्री सुरक्षा पन्त प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा रेडकार्पेट नाप्ने पहिलो नेपाली अभिनेत्री बनिन् । उनी नेपाली फिल्म नभई इटाली र बेल्जियमको फिल्म ‘द एइट् माउन्टेन्स’ मुख्य प्रतिस्पर्धामा छानिएकाले उक्त अवसर पाएकी थिइन् । फिल्ममा उनले नेपाली युवतीको भूमिका नै निर्वाह गरेकी छिन् । नेपाली कला र संस्कृति झल्किने पहिरन नलगाएता पनि नेपाली कलाकार कान्सको रेडकार्पेटमा देखिएकोमा नेपालीले खुशी नै व्यक्त गरे । 

सुरक्षाको यो सफलतालाई नेपालको लोकसेवा आयोगले पनि पछ्याएको छ । असार २३ गते भएको नेपाली सेना, अधिकृत क्याडेट पदको खुला प्रयोगात्मक लिखित परीक्षामा यसबारे प्रश्न सोधिएको छ । प्रश्न नम्बर १९ मा लोकसेवाले सोधेको छ, ‘फ्रान्समा भएको कान्स फिल्म फेस्टिभलमा रेड कार्पेटमा हिँड्ने मौका पाउने पहिलो नेपाली अभिनेत्री को हुन् ? प्रश्नमा चारवटा विकल्प छन्– प्रियंका कार्की, सुरक्षा पन्त, गौरी मल्ल र करिश्मा मानन्धर ।

लोकसेवाको प्रश्नपत्र फेसबुकमा सेयर गर्दै सुरक्षाले खुसी व्यक्त गरेकी छन् । ‘लोकसेवाको प्रश्नमा एउटा उत्तर हुँदाको क्षण’ उल्लेख गर्दै उनले हर्ष व्यक्त गरेकी छन् । लोकसेवाको प्रश्नलाई सरकारी अभिलेखको एउटा आधार पनि मानिने भएकाले सुरक्षा मात्र होइन, नेपाली फिल्म उद्योगकै लागि यो खुसीको कुरा हो । उनले आफ्नो शुभचिन्तक मार्फत उक्त कुरा थाहा पाएको भन्दै खुसी व्यक्त गरेकी हुन् ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  १२ : ३३ बजे

विचारका पछि नभई गुटका पछि लाग्दा पार्टी कमजोर बन्छ : नेता आचार्य

गण्डकी– नेपाली कांग्रेसका नेता महेश आचार्यले विचारका पछि नभई गुटका

विश्वेश्वरप्रसाद कोइरालाको विविध साहित्यिक आयाम तथा योगदान

लेखसार* : प्रस्तुत लेखमा विश्वेश्वरप्रसाद कोइरालाको विविध साहित्यिक आयामका बारेमा

बाघ नियन्त्रणमा लिन हात्तीसहितको प्राविधिक टोली परिचालन

दोधारा चाँदनी– कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ स्थित उखुबारीमा बाघ देखिएपछि स्थानीय

भेरी करिडोरअन्तर्गतका पाँचवटा पुल दुई वर्षभित्र निर्माण गरिने

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भेरी करिडोरको जाजरकोट–डोल्पा

पूर्वराष्ट्रपतिलाई छेक्ने एमालेको तयारी, प्रवक्ता भन्छन्- महत्वपूर्ण निर्णय लिने सम्भावना छ

काठमाडौं- नेकपा (एमाले)को नवौँ केन्द्रीय कमिटी बैठक मंगलबार पनि जारी