एमालेद्वारा महान्यायाधिवक्ता खातीको राजीनामा माग « Khabarhub

एमालेद्वारा महान्यायाधिवक्ता खातीको राजीनामा माग


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्थानीय तहको निर्वाचनमा अमर्यादित क्रियाकलाप  गरेको भन्दै एमालेले महान्यायाधिवक्ता खम्बबहादुर खातीको राजीनामा मागेको छ । प्रतिनिधिसभा बैठकमा सोमबार नबोल्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले गत ३० वैशाखको स्थानीय तहको निर्वाचन क्रममा दैलेख, बुढीगंगा पुगेका महान्यायाधिवक्ता खातीले अमर्यादित क्रियाकलाप गरेको भन्दै एमालेले राजीनामा माग गरेको हो ।

‘३० वैशाखको निर्वाचन अनुगमन गर्न गएको निर्वाचन आयोगको टोलीले नेपाल सरकारका महान्यायाधिवक्तालाई किटानी गरेरै सो नगरपालिकाको वडा नम्बर ४ को थुमा भन्ने गाउँमा निर्वाचनको बेला अमर्यादित गतिविधि गरेको भनेर किटानी नै गरेको छ तर अहिलेसम्म उहाँले राजीनामा दिनु भएको छैन,’ प्रमुख सचेतक भट्टराईले भने ।

दोषी किटान भइसक्दा पनि महान्यायाधिवक्ता खातीले नैतिकताको आधारमा राजीनामा नदिएको भन्दै उनले आश्चर्यसमेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  १२ : ४९ बजे

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

एजेन्सी – ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,