विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ९ जना पक्राउ  « Khabarhub

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ९ जना पक्राउ 


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । बाँके, पर्सा, कञ्चनपुर, झापा र संखुवासभाबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहबाट १३ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पा माडी गाउँपालिका–५ बस्ने १८ वर्षीय किशोर रहेका छन् । उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्युरो नेपालगन्जबाट खटिएको संयुक्त प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका ती किशोरलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

बाँकेको कोहलपुर नगरपालिका–१ कौशिलानगर बस्ने २६ वर्षीय जीवन लामिछानेलाई अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट १ ग्राम ९५० मिलीग्राम उक्त पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।

पर्साको वीरगन्ज महानगरपालिका–१६ रजतज्यन्ती चोकबाट ५ सय मिलीग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही महानगरपालिका–१५ बस्ने ३७ वर्षीय गौरी शंकर सिंहलगायत छन् । उनीहरूलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । 

कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुईबाट ५ ग्राम ६२ मिलीग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने १७ वर्षीय किशोर रहेका छन् । उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ती किशोरको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 

झापाको मेचीनगर नगरपालिका–६ मेचीपुलबाट ६ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भारत घर भएका २७ वर्षीय अनुप प्रधान रहेका छन् । उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका अनुपको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

संखुवासभाको खाँदबारी नगरपालिका–३ माल्टा खोला नजिक सडकबाट ४ किलो ४२० ग्राम अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिचिला गाउँपालिका–१ बस्ने ३० वर्षीय बबी गुरूङ लगायत छन् । 

बा. ६९ प १८९८ नम्बरको मोटरसाइकललाई अस्थाई प्रहरी पोष्ट सुमनचोकबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । 

 

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  १ : ४८ बजे

दाङ-१ मा रास्वपाका देवराज पाठक विजयी, कांग्रेसका सहमहामन्त्री चौधरी पराजित

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दाङ–१ मा राष्ट्रिय

लेबनान आक्रमणमा २६ जनाको मृत्यु, घाइतेको सङ्ख्या बढ्दै

अबुधाबी – लेबनान र संयुक्त अरब इमिरेट्समा पछिल्ला केही दिनका

ऋषि धमलाले भने : परिणाम जे भए पनि रौतहटका जनतासँगको सम्बन्ध समाप्त हुने छैन

काठमाडौं – आम जनता पाटीका नेता ऋषि धमलाले रौतहट–४ बाट

मध्यपूर्व तनाव चर्कियो, अमेरिकी राष्ट्रपतिद्वारा इरानमाथि आक्रमणको चेतावनी

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानमाथि ‘धेरै कडा’

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार