नीता भन्छिन्, 'छोरी झैँ श्रीमती र बुहारीको कर्तव्य निर्वाह गर्नेछुु' | Khabarhub Khabarhub

नीता भन्छिन्, ‘छोरी झैँ श्रीमती र बुहारीको कर्तव्य निर्वाह गर्नेछुु’


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत शुक्रबार वैवाहिक जीवनमा बाँधिएका नायक हरिहर अधिकारी र नायिका नीता ढुंगानाले शनिबार याक एन्ड यति होटलमा रिसेप्सन पार्टीको आयोजना गरे । आयोजित पार्टीमा फिल्मकर्मीसँगै उनीहरूको आफन्त र सञ्चारकर्मीको उपस्थिति रहेको थियो । उपस्थितले नव विवाहित जोडीलाई शुभकामना दिए ।

शुक्रबार बिहे लगत्तै आइतबार पार्टीको आयोजना गरेको जोडी दौडधुप मै थियो ।  रिसेप्सन पार्टीमा सञ्चारकर्मीसँग छोटो कुराकानी गर्दै नीताले छोरी झैँ बुहारी, भाउजु र श्रीमती भएर आफ्नो दायित्व निर्वाह गर्ने बताइन् ।

‘मलाई लक्ष्मीको रुपमा भित्र्याउनु भएको छ । म उहाँहरु प्रतिको दायित्व पूर्णरुपमा इमान्दारिताका साथ निर्वाह गर्नेछु’ नीताले भनिन् । उनले दाम्पत्य जीवनको अनुभव साट्दै नर्भससँगै खुशी भएको बताइन् । ‘आफ्नो परिवारलाई छोड्नु र नयाँ परिवार पाउनु व्यक्त गर्न नसकिने अनुभव हो । मेरो दायित्व दुवै तर्फ बराबर छ । म आफ्नो दायित्व अनुसार आफ्नो कर्तव्य निर्वाह गर्ने छु’ नीताले भनिन्

हरिहरले विवाह पश्चात खुशीको अनुभव सेयर गरे । आफ्नो जीवन बिताउने साथी प्रतिको दायित्व पुरा गर्ने क्रममा केही नर्भस देखिएता पनि मनमा निकै खुसी लागेको बताए । ‘सबै व्यवस्थापन आफैँले गर्नु पर्ने, उनलाई (नीता) भित्र्याउनु पर्ने, साथीभाइ सबैको उपस्थिति र सत्कारको व्यवस्थापन हेर्नु पर्ने कुराहरूले केही नर्भस देखिएको हुँ । यद्यपि मन भित्र निकै खुसी छु’ हरिहरले भने । आयोजित पार्टीमा अभिनेता राजेश हमाल, नायिका नीशा अधिकारी, नायक पुष्प खड्का, कलाकार जीतु नेपाल, नायिका नन्दिता केसी , विनय श्रेष्ठ , प्रशान्त ताम्राकार लगायत पुगेका थिए ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  २ : ०८ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले