नीता भन्छिन्, ‘छोरी झैँ श्रीमती र बुहारीको कर्तव्य निर्वाह गर्नेछुु’ « Khabarhub

नीता भन्छिन्, ‘छोरी झैँ श्रीमती र बुहारीको कर्तव्य निर्वाह गर्नेछुु’


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत शुक्रबार वैवाहिक जीवनमा बाँधिएका नायक हरिहर अधिकारी र नायिका नीता ढुंगानाले शनिबार याक एन्ड यति होटलमा रिसेप्सन पार्टीको आयोजना गरे । आयोजित पार्टीमा फिल्मकर्मीसँगै उनीहरूको आफन्त र सञ्चारकर्मीको उपस्थिति रहेको थियो । उपस्थितले नव विवाहित जोडीलाई शुभकामना दिए ।

शुक्रबार बिहे लगत्तै आइतबार पार्टीको आयोजना गरेको जोडी दौडधुप मै थियो ।  रिसेप्सन पार्टीमा सञ्चारकर्मीसँग छोटो कुराकानी गर्दै नीताले छोरी झैँ बुहारी, भाउजु र श्रीमती भएर आफ्नो दायित्व निर्वाह गर्ने बताइन् ।

‘मलाई लक्ष्मीको रुपमा भित्र्याउनु भएको छ । म उहाँहरु प्रतिको दायित्व पूर्णरुपमा इमान्दारिताका साथ निर्वाह गर्नेछु’ नीताले भनिन् । उनले दाम्पत्य जीवनको अनुभव साट्दै नर्भससँगै खुशी भएको बताइन् । ‘आफ्नो परिवारलाई छोड्नु र नयाँ परिवार पाउनु व्यक्त गर्न नसकिने अनुभव हो । मेरो दायित्व दुवै तर्फ बराबर छ । म आफ्नो दायित्व अनुसार आफ्नो कर्तव्य निर्वाह गर्ने छु’ नीताले भनिन्

हरिहरले विवाह पश्चात खुशीको अनुभव सेयर गरे । आफ्नो जीवन बिताउने साथी प्रतिको दायित्व पुरा गर्ने क्रममा केही नर्भस देखिएता पनि मनमा निकै खुसी लागेको बताए । ‘सबै व्यवस्थापन आफैँले गर्नु पर्ने, उनलाई (नीता) भित्र्याउनु पर्ने, साथीभाइ सबैको उपस्थिति र सत्कारको व्यवस्थापन हेर्नु पर्ने कुराहरूले केही नर्भस देखिएको हुँ । यद्यपि मन भित्र निकै खुसी छु’ हरिहरले भने । आयोजित पार्टीमा अभिनेता राजेश हमाल, नायिका नीशा अधिकारी, नायक पुष्प खड्का, कलाकार जीतु नेपाल, नायिका नन्दिता केसी , विनय श्रेष्ठ , प्रशान्त ताम्राकार लगायत पुगेका थिए ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  २ : ०८ बजे

अलविदा निम्सदाई !

काठमाडौं- वर्तमान पर्वतारोहण क्षेत्रमा सुपरिचित ४३ वर्षीय आरोही निर्मल पुर्जा

अलैँची निर्यात ६४ प्रतिशतले बढ्यो, एक वर्षमै चार अर्ब ९६ करोड कारोबार वृद्धि

भद्रपुर– अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढ्दै जाँदा काँकडभिट्टा नाकाबाट

निर्मल पुर्जासहित मृत आरोहीलाई प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत् दिए श्रद्धाञ्जली

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले पाकिस्तानको ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’

तीव्र हावाका कारण ग्रीसमा डढेलो नियन्त्रण चुनौतीपूर्ण

एथेन्स– तीव्र हावाहुरीका कारण ग्रीसमा फैलिएको डढेलो नियन्त्रण गर्न कठिनाइ

सामाजिक सद्भाव र शान्ति सुरक्षामा संवेदनशील हुन मुख्यमन्त्रीको आग्रह

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता