ट्रष्ट र प्रतिष्ठानका नाममा विनियोजित रकम प्राथमिकताका क्षेत्रमा खर्चन मुख्यमन्त्रीको निर्देशन « Khabarhub

ट्रष्ट र प्रतिष्ठानका नाममा विनियोजित रकम प्राथमिकताका क्षेत्रमा खर्चन मुख्यमन्त्रीको निर्देशन


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश सरकारका तर्फबाट ट्रष्ट र प्रतिष्ठानका नाममा विनियोजित रकम प्राथमिकताका क्षेत्रमा खर्चन निर्देशन दिएका छन् । 

आर्थिक वर्ष २०७९/८० को बजेटमा व्यक्तिका नाममा जोडिएका ट्रष्ट तथा प्रतिष्ठानका नाममा रकम विनियोजन भएकोमा जनस्तरबाट विरोध आएपछि मुख्यमन्त्रीले उक्त रकम प्राथमिकताका क्षेत्रमा खर्चन निर्देशन दिएको  मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालाले जानकारी दिए । प्रेस संयोजक कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा बजेटमा समावेश गोवर्धन शर्मा स्मृति कोष, श्री पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रष्ट भवन निर्माण, पुननरायण धनकुमारी परोपकारी ट्रष्ट, डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान भवन निर्माण, अमृत जोशी स्मृति पार्क लगायतका कार्यक्रम तथा बजेटका विषयमा नागरिकस्तरबाट असन्तुष्टि व्यक्त भएकामा मुख्यमन्त्रीको ध्यानाकर्षण भएको जनाइएको छ ।

‘आम नागरिकको भावनालाई उच्च कदर गर्दै यी र यस्ता कार्यक्रममा विनियोजित स्रोतलाई प्रदेशको प्राथमिकताका क्षेत्रमा खर्चिने व्यवस्था मिलाउन मुख्यमन्त्रीले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइसकेको व्यहोरा जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  २ : २७ बजे

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६