बजेट संशोधनको प्रतिबद्धता नआएसम्म छलफलमै नबस्ने सत्तारुढ दलकै चेतावनी    « Khabarhub

 बजेट संशोधनको प्रतिबद्धता नआएसम्म छलफलमै नबस्ने सत्तारुढ दलकै चेतावनी   


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- सूदुरपश्चिम सरकारले ल्याएको बजेट अपारदर्शी, असन्तुलित र बजेटको सामान्य सिद्धान्तलाई समेत नसमेटेको भन्दै सत्तारुढ दलकै सांसदहरूले विरोध गरेका छन् । बजेटलाई संशोधन नगरेसम्म संसदमा छलफल नै अघि नबढाउने उनीहरूको चेतावनी छ ।

सत्तारुढ दलका सांसद एवं सरकारका सामाजिक विकास मन्त्री गोविन्द बोहोराले नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारले एकतर्फी रूपमा बजेट ल्याएको आरोप लगाए । उनका साथै सामाजिक राज्यमन्त्री टेकबहादुर रौकाले पनि बजेट सुधार नगरी छलफल अघि नबढ्ने बताएका छन् ।

सरकारमा सामेल नेकपा माओवादी केन्द्रबाहेक सत्तारुढ कांग्रेस र नेकपा एकीकृत समाजवादीले समेत बजेटको विरोध गर्दै आएका छन् ।

बजेटमाथि छलफल गर्ने गरी आज बिहान ८ बजेका लागि संसद् बेलाइएको थियो । तर, सत्तारुढ दलहरूबीचकै असमझदारीका कारण स्थगित भएको छ । अहिले ३ बजेका लागि फेरी संसद् बोलाइएको छ ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  २ : ४६ बजे

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

एजेन्सी – ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,