'हाम्रो क्षेत्रमा प्रेमहरू असफल हुँदैनन्' | Khabarhub Khabarhub

‘हाम्रो क्षेत्रमा प्रेमहरू असफल हुँदैनन्’


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत शुक्रबार वैवाहिक जीवनमा बाँधिएका नायक हरिहर अधिकारी र नायिका नीता ढुंगानाले शनिबार याक एन्ड यति होटेलमा रिसेप्सन पार्टीको आयोजना गरे । आयोजित पार्टीमा फिल्मकर्मीसँगै उनीहरूको आफन्त र सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

पार्टीमा पुगेका नायक पुष्प खड्काले नीतासँग आफूले सुरुवाती समयमा भिडियोमा काम गरेको सम्झिए। ‘सुरुवाती समयमा भिडियो गर्दा नीताले मलाइ गाइड गर्नु भएको थियो । उहाँले सपोर्ट गर्नु भयो । उहाँ विवाह बन्धनमा बाधिनु भएको छ, शुभकामना’ पुष्पले भने । उनले नीता र हरिहरको प्रेम विवाहमा परिणत भएकोमा खुसी लागेको बताउँदै फिल्म नगरीमा सबै प्रेम असफल हुँदैनन् भन्ने उदाहरण बनेको बताए ।

‘फिल्म नगरीका प्रेम सबै असफल हुँदैनन् भन्ने उदाहरण नीता र हरिहर बन्नु भएको छ । किनकि हाम्रो क्षेत्रको स-साना कुराले पनि राम्रै चर्चा पाउने गर्छ’ उनले भने । पुष्पले आफ्नो प्रेम परेमा त्यसले विवाहको स्वरूप लिने पनि बताए ।

नीता र हरिहरको बिहे पार्टीमा अभिनेता राजेश हमाल, नायिका निशा अधिकारी, कलाकार जीतु नेपाल, नायिका नन्दिता केसी, विनय श्रेष्ठ , प्रशान्त ताम्राकार लगायत पुगेका थिए ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ४ : ०७ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित