एउटै व्यापारिक घरानाले ठूलो कर्जा लिँदा अर्थतन्त्रमा जोखिम बढ्यो : गभर्नर अधिकारी « Khabarhub

एउटै व्यापारिक घरानाले ठूलो कर्जा लिँदा अर्थतन्त्रमा जोखिम बढ्यो : गभर्नर अधिकारी


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी भइरहेको जानकारी दिएका छन्।

सोमबार सिंहदरबारमा बसेको अर्थ समिति बैठकमा गभर्नर अधिकारीले यसअघि कोरोना महामारीका बेला विभिन्न कार्यक्रम ल्याए पनि अहिले अवस्था सहज भइसकेको अवस्थामा अर्थतन्त्रलाई सुधार गर्ने गरी मौद्रिक नीति ल्याउने तयारी भइरहेको बताएका हुन्।

गभर्नर अधिकारीले पछिल्लो समय बढेको उच्च मुद्रा स्फीतिले सर्वसाधारणमा ठूलो मर्का परेकाले बैंकको ब्याजदर बढाएरै यसका समाधानको बाटो खोज्नुपर्ने पनि बताए। उनले अहिले आयात उच्च हुँदा वैदेशिक मुद्रा संचितिमा दबाब परेको र शोधनान्तर घाटा पनि बढ्दै गएको जानकारी दिए।

गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ऋण र रेमिट्यान्सको ठूलो हिस्सा आयातमै जानु गम्भीर विषय भएको भन्दै यस विषयमा केन्द्रीय बैंक गम्भीर रहेको बताए। उनले रेमिट्यान्सलाई औपचारिक रूपमा भित्राउनु पनि चुनौती हुँदै गएको जिकिर गरे। गभर्नर अधिकारीले मुलुकमा एउटै व्यापारिक घरानाले बैंकिङ कर्जा सुविधा लिँदा अर्थतन्त्रमा जोखिम बढेको बताए।कर्जा प्रवाहमा ठूला घरनाले फाइदा लिँदा रिस्क बढे पनि यसलाई तत्कालै रोक्न नसकिने उनको भनाइ छ ।

बैठकमा समितिका सभापति कृष्ण प्रसाद दाहालले सेयर धितो कर्जाको ४/१२ सम्बन्धी व्यवस्था खारेज गर्नका लागि राष्ट्र बैंकले बिचार गर्नुपर्ने बताएका थिए । साथै उनले बैंक तथा वित्तीय संस्थाहरूले प्रवाहित कर्जाको मूल्याङ्कन गर्दै सीमित व्यक्ति तथा घरनाले उपयोग भए/नभएको यकिन गर्न पनि सुझाव दिएका थिए।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ३ : ०८ बजे

रास्वपा कार्यकर्ताले झण्डा जलाएको घटनामा एमालेको कडा आपत्ति

दाङ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी दाङले तुलसीपुर बजार

रुपन्देही–४ का मतदाता भन्छन् : हामीलाई विकासप्रेमी नेता चाहिएको छ

देवदह– ‘मर्चवार आउने सडकको अवस्था राम्रो छैन, यहाँको मुख्य समस्या

रास्वपाले स्थगित गर्‍यो भैरहवा र पोखराको चुनावी सभा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा आयोजन गर्न लागेको

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

इलाम– १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा माङसेबुङ गाउँपालिका-३ घर

निर्वाचन रिपोर्टिङलाई विश्वसनीय बनाउन अभिमुखीकरण कार्यक्रम

काठमाडौं– नेपाल पत्रकार महासङ्घले निर्वाचन रिपोर्टिङलाई तथ्यपरक, सन्तुलित र विश्वसनीय