यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक पारित « Khabarhub

यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक पारित


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ पारित भएको छ । 

सोमबार बसेको प्रतिनिधिसभाको बैठकले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ लाई सर्वसम्मतले पारित गरेको हो । 

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले राखेको यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ लाई पारित गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

यसअघि सो विधेयकमाथि बैठकमा छलफल भएको थियो भने बैठकका क्रममा सांसदहरुले उठाएका प्रश्न र जिज्ञासाको मन्त्री कोइरालाले जवाफ दिएका थिए । 

कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको उक्त विधेयकमाथि सोमबार सदनमा छलफल भएको थियो ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ३ : २९ बजे

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

एजेन्सी – ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,