‘परदेशी’ भए प्रशान्त  « Khabarhub

‘परदेशी’ भए प्रशान्त 


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नारायण रायमाझीले निर्देशन गरेको पहिलो फिल्म हो ‘गोर्खा पल्टन’ । यो फिल्मको सफलताले उनलाई निर्देशनमा निरन्तरता दिने बाटो बनायो । फिल्ममा थिए , प्रशान्त तामाङ । इन्डियन आइडल भएपछि प्रशान्तले केही नेपाली गीत गाउनुका साथै नेपाली फिल्ममा अभिनय पनि गरे । उनको गोर्खा पल्टन बाहेक अन्य फिल्मलाई दर्शकले साथ दिएनन् ।

त्यसपछि प्रशान्तलाई नै लिएर निर्देशक रायमाझीले परदेशी बनाए । फिल्म सफल रह्यो । अझ भनौँ प्रशान्तलाई नेपाली फिल्ममा नायकको रूपमा सफलता दिलाउने फिल्म नै निर्देशक रायमाझी निर्देशित फिल्म बन्यो । निर्देशक रायमाझीले परदेशीकै नाम सापटी लिँदै ‘परदेशी २’ तयार गरे । उनी अब यसको प्रचारप्रसारमा  जुटेका छन् ।

मेकिङको हिसाबले टिजर ठिकै भए पनि यो फिल्मको ब्रान्ड भ्यालुले भोलिका दिनमा फिल्मले राम्रो व्यापार गर्ने विश्वास गर्न सकिन्छ । तर सार्वजनिक टिजरमा जसले यो ब्रान्ड बनायो, उही कलाकार भने ओझेल परे । फिल्मको ‘ब्राण्ड’ को कारण मध्ये एक थिए प्रशान्त तामाङ । यिनै प्रशान्तलाई यस पटक भने निर्देशक रायमाझीले छायामा राखेका छन् । सार्वजनिक टिजरमा प्रशान्तको दुइटा दृश्य छ । टिजरमा गायक हुँदै नायक बन्दै गरेका प्रकाश सपूत छाएका छन् ।

अर्थात् यस पटक निर्देशक रायमाझीले आफ्नो पछिल्लो दुई फिल्मलाई सफल बनाउने हिरो प्रशान्तलाई कम स्पेस दिँदै प्रकाशलाई अगाडी सारेका छन् । प्रकाशलाई ज्यादा विश्वास गर्नु र प्रशान्तलाई आफ्नै सफल फिल्मबाट ‘विरानो’ बनाउनुको कारण के हो ? आउँदा दिनमा यसको चर्चा हुने नै छ ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ६ : ३१ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको