‘परदेशी’ भए प्रशान्त  « Khabarhub

‘परदेशी’ भए प्रशान्त 


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नारायण रायमाझीले निर्देशन गरेको पहिलो फिल्म हो ‘गोर्खा पल्टन’ । यो फिल्मको सफलताले उनलाई निर्देशनमा निरन्तरता दिने बाटो बनायो । फिल्ममा थिए , प्रशान्त तामाङ । इन्डियन आइडल भएपछि प्रशान्तले केही नेपाली गीत गाउनुका साथै नेपाली फिल्ममा अभिनय पनि गरे । उनको गोर्खा पल्टन बाहेक अन्य फिल्मलाई दर्शकले साथ दिएनन् ।

त्यसपछि प्रशान्तलाई नै लिएर निर्देशक रायमाझीले परदेशी बनाए । फिल्म सफल रह्यो । अझ भनौँ प्रशान्तलाई नेपाली फिल्ममा नायकको रूपमा सफलता दिलाउने फिल्म नै निर्देशक रायमाझी निर्देशित फिल्म बन्यो । निर्देशक रायमाझीले परदेशीकै नाम सापटी लिँदै ‘परदेशी २’ तयार गरे । उनी अब यसको प्रचारप्रसारमा  जुटेका छन् ।

मेकिङको हिसाबले टिजर ठिकै भए पनि यो फिल्मको ब्रान्ड भ्यालुले भोलिका दिनमा फिल्मले राम्रो व्यापार गर्ने विश्वास गर्न सकिन्छ । तर सार्वजनिक टिजरमा जसले यो ब्रान्ड बनायो, उही कलाकार भने ओझेल परे । फिल्मको ‘ब्राण्ड’ को कारण मध्ये एक थिए प्रशान्त तामाङ । यिनै प्रशान्तलाई यस पटक भने निर्देशक रायमाझीले छायामा राखेका छन् । सार्वजनिक टिजरमा प्रशान्तको दुइटा दृश्य छ । टिजरमा गायक हुँदै नायक बन्दै गरेका प्रकाश सपूत छाएका छन् ।

अर्थात् यस पटक निर्देशक रायमाझीले आफ्नो पछिल्लो दुई फिल्मलाई सफल बनाउने हिरो प्रशान्तलाई कम स्पेस दिँदै प्रकाशलाई अगाडी सारेका छन् । प्रकाशलाई ज्यादा विश्वास गर्नु र प्रशान्तलाई आफ्नै सफल फिल्मबाट ‘विरानो’ बनाउनुको कारण के हो ? आउँदा दिनमा यसको चर्चा हुने नै छ ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ६ : ३१ बजे

मोरक्को अफ्रिका कपको फाइनलमा : पेनाल्टी सुटआउटमा चुक्यो नाइजेरिया

काठमाडौं – मोरक्को अफ्रिका कप अफ नेसन्सको फाइनल प्रवेश गरेको

आजबाट गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ प्रदर्शनमा

काठमाडौं – माघ १ अर्थात् बिहीबारबाट तीन फिल्महरु ‘गोबर गणेश’,

चाडपर्वले सामाजकि सद्भाव सुदृढ बनाउँछ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले माघे सङ्क्रान्ति जस्ता चाडपर्वले आपसी मेलमिलाप,

रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनको जित

काठमाडौं – कारबाओ कप सेमिफाइनलको पहिलो लेगमा आर्सनल विजयी भएको

जैविक स्रोतको संरक्षणमा आमनागरिक सचेत हुनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैविक स्रोतको संरक्षण र दिगो उपयोगमा