हत्यामा संलग्न मिजार १५ वर्षपछि पक्राउ « Khabarhub

हत्यामा संलग्न मिजार १५ वर्षपछि पक्राउ


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीले रविन्द्रकुमार मल्लको हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ( सिआइबी) ले विसं २०६४ कात्तिक १९ गते काठमाडौँ महानगरपालिका–२६ गोंगवु मित्रनगरस्थित सडकमा कुटपिट गरी हत्या गर्ने कार्यमा संलग्न पोखरा महानगरपालिका–१४ मझेरीपाटनका ३६ वर्षीय कृष्ण मिजारलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनले १० वर्ष कैद सजाय फैसला गरेका मिजारलाई पोखरा महानगरपालिका–३० पावरहाउसबाट पक्राउ गरिएको जानकारी दिए ।

उच्च अदालत पाटनले पक्राउ मिजारलाई विसं २०६७ असोज १८ गते १० वर्ष कैद हुने फैसला गरेको थियो । पक्राउ मिजारलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत कास्कीमा पेश गरिएको प्रवक्ता महतोले बताएका छन् ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ७ : २८ बजे

निजी मिडियामा सरकारी विज्ञापन रोक्ने सरकारको निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी अन्तरक्रिया गर्ने

काठमाडौँ– नेपाल प्रेस युनियनले निजी मिडियामा सरकारी विज्ञापन प्रकाशन–प्रसारण गर्न

राष्ट्रिय आर्थिक गणना तथा अनुसन्धान सहकार्य गर्न समझदारी

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल र उद्योग परिसङ्घबीच राष्ट्रिय

गोलबजार मेयर गोल्डकप : उद्घाटन खेलमा राष्ट्रिय जागृतिको जित

सिरहा– सिरहाको गोलबजार नगरपालिकामा सोमबारदेखि सुरु भएको नवौँ संस्करणको ‘गोलबजार

असारअघि बीपी राजमार्गको क्षतिग्रस्त क्षेत्र खुल्न कठिन, वैकल्पिक बाटो छिचोल्न पनि समस्या

काठमाडौं- बर्खे झरी होस वा हिउँदको सामान्य वर्षा । राजधानीसँग

वराहक्षेत्रमा बुधबारदेखि ‘कोशी पर्यटन महोत्सव’ हुँदै

सुनसरी– कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी