ताइवानमा अमेरिकाले पाइला राख्दा चीनमा भूकम्प ! | Khabarhub Khabarhub

सामरिक युद्ध

ताइवानमा अमेरिकाले पाइला राख्दा चीनमा भूकम्प !

पेलोसीको बलपूर्वक भ्रमणबाट किन यति धेरै तर्सियो चीन ?



काठमाडौँ – अमेरिका संसारमै शक्तिशाली छ, किनकी ऊ कसैसँग अहिलेसम्म डर पालेर बसेको छैन । अमेरिकाका हरेक शासक स्वतन्त्र रुपमा चुनाव जितेर आउँछन्, काम गरेपछि स्वतन्त्र रुपमा शासनसत्ताबाट बाहिरिन्छन् ।

कोही कसैलाई कुनै पनि किसीमको गम्भीर चिन्ता हुँदैन । आन्तरिक सुरक्षामा आउने गम्भीर खतरा र व्यक्तिगत नियतबाहेक अमेरिकी राष्ट्रपति प्राय विवादमा तानिदैनन् । व्यक्तिगत बानीले विवादमा तानेपनि त्यसले अमेरिकी राष्ट्रिय सुरक्षा संयन्त्रमा कुनै खास असर गर्दैन् ।तर, अमेरिकासँग तुलना हुँदै आएको विश्वमै शक्तिशाली बनेर उदाएको चीनसँग भने पाइलैपिच्छे डर छ । पछिल्लो समय त विश्वभर चीनका लागि भनेर हरेक देशले ‘एक चीन नीति’ भन्दै स्पष्ट पारिदिनुपर्छ । सोही अनुसार चीनलाई समर्थन र विरोध गर्नुपर्छ ।

त्यसमध्ये दुई वटा प्रमुख मुद्दा छन् । एउटा तिब्बत । अर्को ताइवान । केही समयअघि हङकङ पनि चीन विवादित भएर चर्चामा रह्यो । तर, चीनका लागि तिब्बत र ताइवान विशेष टाउको दुखाईका विषय रहन्छन् । स्वतन्त्र तिब्बतका गुरु दलाई लामालाई चीनले लखेटिसक्यो । जो भारतमा निर्वासन जीवन बिताइरहेका छन् । उनी स्वतन्त्र तिब्बतका अहिले पनि अभियान्ता हुन् । बेला बेला उनी चर्चामा आउँछन् ।

चीनले ताइवानलाई तिब्बत जसरी आफूमा गाभ्न सकेको छैन । सकोस् पनि कसरी ? समुन्द्रको बीच टापुमा रहेको ताइवानलाई भौगोलिक रुपमा चीनले आफूमा चाहेर पनि गाभ्न सक्दैन ।

स्वतन्त्र राज्यका रुपमा मान्यता दिन चीनले झनै सक्दैन । अनि ताइवान र तिब्बतको सुरक्षाका लागि चीनले सारा बेइजिङ शक्ति खर्चिन्छ । रातारात सैन्य अभ्यास गर्छ । ताइवान र तिब्बत मेरो हो भनेर भन्नुपर्ने गर्नुपर्ने सबथोक चीनले गर्छ ।

त्यसमाथि आफ्नो सबैभन्दा ठूलो विरोधी अमेरिकाले ताइवानमा पाइला राख्दा चीनमा भूकम्प नै जान्छ । जसको धक्का चीनभित्र मात्रै होइन, आसपासका देशसहित संसारभर पुग्छ । जसको असर अब तेस्रो विश्वयुद्ध सुरु हुन्छ कि भन्ने त्रास सर्वसाधारणमा पर्छ ।

ताइवानमा पेलोसीको पाइलाले किन तर्सियो चीन ?

गत साता चीनले ताइवानमा यस्तै गरेर देखाइदियो । अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि चीन आक्रोशित भयो । यसले पूर्वी एसियाली क्षेत्रमा तरंग नै ल्यायो । पेलोसीको ताइवान भ्रमणको क्रममा चार दिन मात्रै चीनले ताइवान टापु वरपर सैन्य विमान उडायो ।

यसलाई अमेरिकाले भने ताइवानमाथि आक्रमण गर्ने तयारीको शैलीमा जारी चिनियाँ सैन्य अभ्यासका कारण उत्तेजना पैदा भएको भन्दै यसलाई गैरजिम्मेवार कदमको संज्ञा दिएको छ । ताइवानले भने आफ्नो मुलुकले चीनको सैन्य अभ्यासको प्रतिक्रियामा लडाकु विमान एवम् युद्धपोत तैनाथ गरेको जनाएको छ ।

चीनले लामो समयदेखि ताइवान आफ्नै मुलुकको एक हिस्सा रहेको भन्दै ताइवानमाथि सार्वभौमिकता दाबी गर्दै आएको छ । सभामुख पेलोसीको नेतृत्वमा अमेरिकी प्रतिनिधिमण्डलको ताइवान भ्रमणलाई चीनले ताइवानमाथि आफ्नो सार्वभौमिकताको दाबी माथिको चुनौतिका रुपमा हेरेको विश्लेषण गरिएको छ ।

केही दिनयता चिनियाँ युद्धपोत र लडाकु विमानले ताइवान स्टे«टमा अभ्यास गरेको र केही युद्धपोत एवम् लडाकु विमानले चीन र ताइवानबीचको अनौपचारिक सीमा नाघेको ताइवानी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएअनुसार ताइवानको सेनाले चिनियाँ अभ्यासको ‘उचित’ जवाफ दिएको जनाएको छ । राजधानी ताइपेईमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा ताइवानी प्रधानमन्त्री सु सेङ चाङले चीनले सैन्य अभ्यासबाट क्षेत्रीय स्थीरतालाई भंग गर्ने धृष्ठता गरेको आरोप लगाएका छन् । उनले चिनियाँ पक्षलाई संयमता अपनाउन समेत आग्रह गरेको बीबीसीले जनाएको छ ।

यता अमेरिकाले भने चीनले तनावलाई बढावा दिएको आरोप लगाएको छ । ‘यस्ता गतिविधिबाट चीनले यथास्थितीलाई बिगार्ने प्रयासलाई उल्लेखनीय बढावा दिएको छ ।’ अमेरिकी प्रशासन ह्वाइट हाउसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ, ‘यिनीहरु उत्तेजना बढाउने, गैरजिम्मेवार र भूल हुने जोखिम बढाउने किसिमका छन् ।’

‘यिनीहरु ताइवान स्ट्रेटमा शान्ति एवम् स्थीरता कायम गर्ने लामो समयदेखिको हाम्रो उद्देश्यको विपरित पनि छन् ।’ ह्वाइट हाउसलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । यता चीनले भने पेलोसीको ताइवान भ्रमणले ताइवान स्टे«टमा शान्ति र स्थीरतामा ‘गम्भीर चुनौति’ पैदा गरेको टिप्पणी गरेको छ ।

चीनको नियन्त्रणबाहिर ताइवान स्वशासित राज्य

चीनले सार्वभौमिकताको दाबी गरेपनि ताइवानले लामो समयदेखि चीनको नियन्त्रणबाहिर स्वशासित रुपमा राज्य सञ्चालन गर्दै आएको छ । यहाँ बेलाबेला पूर्ण स्वतन्त्रताको पक्षमा पनि आवाज उठ्ने गरेको बताइन्छ ।

पेलोसीको ताइवान भ्रमणलाई मध्यनजर गर्दै चीनले अमेरिकासँग यसअघि हस्ताक्षर गरेका मौसम परिवर्तन, सैन्य सम्बन्ध, अन्तर्राष्ट्रिय अपराधविरुद्धको सहकार्यजस्ता केही साझेदारीबाट पनि पछि हट्ने घोषणा गरिसकेको छ ।

पछिल्लो अभ्यासबारे चिनियाँ पक्षले कुनै टिप्पणी गरेको छैन । यद्यपि सैन्य अभ्यास आइतबार सकिने अपेक्षा गरिएको छ । ताइवानस आसपास ६ वटा ‘निषेधित क्षेत्र’ घोषणा गर्दै सैन्य अभ्यास थालेको चीनले ‘डोङ फेङ’ नामक क्षेप्यास्त्र पनि प्रहार गर्यो । धेरैले यस घटनालाई सन् १९९६ मा ताइवान स्ट्रेटमा भएको यस्तै घटनासँग दाँजिरहेका छन्।

ताइवान स्टेटमा यसअघि सन् १९९६ मा पनि यस्तै घटनाक्रमको विकास भएको थियो । चिनियाँ सैन्य अभ्यासले ताइवानको पारवहन र हवाइ क्षेत्रमा ठूलो जटिलता निम्त्याएको छ । ताइवान आसपासको समुद्रलाई पानीजहाजका लागि विश्वको सबैभन्दा व्यस्तमध्येको एक मानिन्छ ।

ताइवानको उत्तरी तटमा रहेको मत्स्य बन्दरगाह बी शा युका माझीहरु पनि चिनियाँ सैन्य अभ्यासबाट सन्तुष्ट छैनन् । ‘नेताहरु झगडा गर्दा जहिल्यै पनि हामी साना मान्छेहरु नै समस्यामा पर्छौँ’ एकजना माझीले भने ।

‘तर हामी के नै गर्न सक्छौँ र अहिले त्यतातिर जान समेत खतरनाक छ ।’ माछा मार्ने डुङ्गाका अर्का कप्तानलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अर्का माझीले भने ताइवानी तटरक्षकहरुले आफूलाई ततकाल बन्दरगाहतर्फ जान निर्देशन दिएको बताए । यद्यपि ती माझीले आफू चिन्तित नरहेको बताए ।

‘हामीलाई निषेधित क्षेत्र कहाँ सम्म छ भन्ने थाहा छैन, त्यसैले हामीले तटरक्षकहरुको भर पर्नु परेको छ ।’ उनले बीबीसीलाई भने । तर, उनीसँगै रहेकी उनकी श्रीमती भने खुशी थिइनन् । ‘यस्तो हुँदा हाम्रो पैसा गुम्छ । हामी माछा मार्न पाउँदैनौँ तरपनि हामीले कामदारको ज्याला तिर्नुपर्छ ।’ उनले भनिन् ।

बीबीसीका अनुसार धेरै ताइवानीहरु चीनले तत्काल आक्रमण नगर्नेमा विश्वास गर्छन् । ‘उनीहरु सबै गुण्डाहरु हुन् ।’ सोही बन्दरगाहमा रहेका अर्का माझीले भने । ‘ती कम्युनिष्टहरु ठूल्ठूला कुरा मात्र गर्ने हुन् । उनीहरुले केही गर्न सक्दैनन् ।’ उनले भने, ‘हामी यस्तो धम्कीसँगै ७० वर्षदेखि बाँचिरहेका छौँ ।’

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ८ : २० बजे

नेपाल र कतारको प्रतिनिधिमण्डलबीच भेटवार्ता जारी

काठमाडौं– दुई दिनको नेपाल भ्रमणमा रहेका कतारका अमिर शेख तमिम

कतारका अमिर र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिर शेख तमिम

गोरखा भूकम्पको ९ वर्ष : बारपाककाे फेरियो स्वरूप (तस्बिरहरु)

गोरखा– २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर

चीनमा ठूलो बाढी, एक लाख मानिसलाई स्थानान्तरण

बेइजिङ– दक्षिण चीनमा भारी वर्षा र बाढीका कारण एक लाखभन्दा

जङ्गलको डढेलो बस्तीमा पस्दा पाँच घर नष्ट

सोलुखुम्बु– सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा