विश्व इतिहासमा आजः रेस्लर हल्कको जन्मदेखि शान्ति सेनामाथि नाटोको नेतृत्वसम्म « Khabarhub

विश्व इतिहासमा आजः रेस्लर हल्कको जन्मदेखि शान्ति सेनामाथि नाटोको नेतृत्वसम्म


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७९ साल साउन २५ गते बिहिबार। सन् २०२२ को अगस्ट ११ तारिख। आजको दिन इतिहासमा भएका विभिन्न घटनाक्रम मध्ये केही घटनाक्रम यस्ता छन्।

– सन् २००३ अगस्ट ११ मा नाटोले अफगानिस्तानमा तैनात बहुराष्ट्रिय शान्ति सेनाको औपचारिक रुपमा नेतृत्व सुरु गर्यो।

-सन् १९९९ अगस्ट ११ मा उताहको साल्ट लेक सिटीमा आएको एक आँधीमा एक जनाको मृत्यु भएको थियो।

-सन् १९९९ अगस्ट ११ मा २० औँ शताब्दीको अन्तिम पूर्ण सूर्य ग्रहण भएको थियो। सो ग्रहण यूरोप, एसिया, अफ्रिका, र उत्तर अमेरिकाबाट अवलोकन गरिएको थियो। वैज्ञानिकहरुका अनुसार संयुक्त अधिराज्यमा सो मात्राको ठूलो सूर्य ग्रहण सन् २०९० सम्म हुने छैन्।

-सन् १९९२ अगस्ट ११ मा ‘मल अफ अमेरिका’ को उद्घाटन भएको थियो। मिनिसोटाको ब्लुमिङ्टनमा अवस्थित सो मल संयुक्त राज्य अमेरिका नै सबैभन्दा ठूलो मल थियो। ३३० पसलले सुरु गरेको सो व्यापारको पहिलो दिन १० हजार कामदारले आफ्नो काम सुरु गरेका थिए।

-सन् १९९० अगस्ट ११ मा इराकलाई अतिक्रमणबाट जोगाउन इजिप्ट र मोरोक्कोका सेना साउदी अरब पुगेका थिए।

-सन् १९८८ अगस्ट ११ मा पाकिस्तानको पेशावरमा बिन लादेन, जवाहिरी र डा फाड्लको उपस्थिति भएको एक बैठकमा अल–काइदाको गठन भएको थियो।
सन् १९६२ अगस्ट ११ मा सोभियत स्पेस एजेन्सीले भोस्तोक ३ प्रक्षेपण गर्यो। सो स्पेसक्राफ्टका पाइलट एन्द्रियान निकोलायेभ थियो। निकोलायेभ ४ दिनमा ६४ पटक पृथ्वीको परिक्रमा गर्ने पहिलो अन्तरिक्ष यात्री थिए।

-सन् १९७८ अगस्ट ११ मा संयुक्त राज्य अमेरिका भिटो अधिकारको प्रयोग गर्दै उत्तर र दक्षिण भेयितनामलाई संयुक्त राष्ट्रसंघमा आबद्ध गरेको थियो।

-सन् १९६५ अगस्ट ११ मा लस एन्जेल्सको वाट्स एरियामा क्यालिफोर्निया हाइवे प्याट्रोल र दुई काला युवाबीच भएको सानो झडप ६ दिन लामो दंगामा परिणत भएको थियो।

-सन् १९६० अगस्ट ११ मा च्याडले फ्रान्सबाट स्वतन्त्रता प्राप्त गर्यो। सन् १९०० मा कौसेरी युद्धपश्चात फ्रान्सले च्याडलाई अतिक्रमण गरेको थियो। फ्रान्सोइस टोमबाल्बे स्वतन्त्र च्याडका पहिलो राष्ट्रपति बने।

-सन् १९५८ अगस्ट ११ मा अमेरिकी रेस्लर हल्क होगनको जन्म भएको थियो। सन् १९८० को दशकमा होगनको रेस्लिङ जीवन उच्च विन्दुमा थियो।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ७ : १९ बजे

रोगभन्दा औषधि अभावले बढी पिरोलिँदै क्यान्सरका बिरामी

काठमाडौँ- बजारमा क्यान्सर रोगको उपचारका लागि आवश्यक औषधिको चरम अभाव

आईपीएलको लिग चरण समाप्त: क्वालिफायरमा आरसीबी र गुजरात भिड्ने

काठमाडौँ – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को

महिलामाथि कुटपिट गरेको आरोपमा एक व्यक्ति पक्राउ

सिरहा– सिरहामा दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई

बाघको संरक्षणमा जोड

रौतहट– बाघको संरक्षण गर्न सबै तहतप्काबाट लाग्नुपर्ने आवश्यकता औँल्याइएको छ

मापसेबाट गत वैशाखमा देशभर १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

काठमाडौँ– गत वैशाख महिनामा देशभर मादक पदार्थ सेवन (मापसे) गरेर