काठमाडौं– अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत न्यू बुटवल–न्यू दमौली ४०० केभी प्रसारण लाइन निर्माण सुरु भएको छ । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल) ले तनहुँ र पाल्पाबाट प्रसारण लाइन निर्माणको काम अघि बढाएको हो ।
एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण हुने ३१५ किलोमिटर लामो विद्युत् प्रसारण लाइनको यो खण्ड ९० किलोमिटरको हुनेछ । उक्त खण्डअन्तर्गत तनहुँ, पाल्पा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) गरी चार जिल्लामा २५० वटा प्रसारण टावर निर्माण गरिनेछ ।
४०० केभी क्षमताको दोहोरो सर्किटयुक्त उक्त प्रसारण लाइनले देशको विद्युत् प्रसारण पूर्वाधार विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ । यसबाट विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण ग्रिडमा जोड्न सहज हुने र नेपालको ऊर्जा सुरक्षासमेत सबल बन्ने विश्वास गरिएको छ ।
एमसीसीअन्तर्गतको विद्युत् प्रसारण आयोजना नेपालको विद्युत् प्रसारण क्षमता विस्तार तथा ऊर्जा आपूर्तिलाई थप भरपर्दो बनाउने उद्देश्यले अघि बढाइएको हो ।














प्रतिक्रिया