काठमाडौँ- वेस्ट इन्डिजविरुद्धको पहिलो टी-२० खेलमा न्युजिल्यान्डले १३ रनको जित निकालेको छ । १८६ रनको लक्ष्य पाएको घरेलु टोलीले २० ओभरमा ७ विकेट गुमाउँदा १७२ रनमा समेटियो ।
वेस्ट इन्डिजका लागि शामरन ब्रुक्सले सर्वाधिक ४२ रन बनाए । न्युजिल्यान्डका लागि मिचेल स्टानेरले ३ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ५ विकेट गुमाएर १८५ रनको योगफल तयार पार्यो।
उसका कप्तान केन विलियम्सनले सर्वाधिक ४७ रन बनाए । यस्तै, डिभेन कन्वेले ४३, जेम्स निसमले ३३ रनको योगदान गरे । घरेलु टोलीका ओडेन स्मिथले ३ विकेट लिए ।
अब, दोस्रो टी-२० खेल शनिबार हुनेछ ।
प्रतिक्रिया