आदिवासीको हकअधिकारको संरक्षणका लागि अध्ययन गर्न निर्देशन « Khabarhub

आदिवासीको हकअधिकारको संरक्षणका लागि अध्ययन गर्न निर्देशन


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक समितिले आदिवासी जनजातिको हकअधिकारको संरक्षण र प्रवर्द्धनका लागि आवश्यक अध्ययन, अभिलेखीकरण गर्न आदिवासी जनजाति आयोगलाई निर्देशन दिएको छ । 

सिंहदरबारस्थित समितिको कार्यालयमा आज बसेको बैठकमा समितिका सभापति निरूदेवी पालले आदिवासी जनजातिको हकअधिकारका लागि अतिआवश्यक विषयमा अध्ययन र अभिलेखीकरण गर्न निर्देशन दिएकी हुन् ।

‘आदिवासी जनजाति आयोगको उद्देश्य सम्पूर्ण जनजातिको हकहितका लागि काम गर्ने हो’, उनले भने, ‘जनजातिका आयोगको उद्देश्य र उस्तै उद्देश्य भएका जनजाति प्रतिष्ठान आवश्यक छ कि छैन रु सरकारले छिटो अध्यनन गर्न जरुरी छ ।’ समितिको बैठकले एउटै जातिभित्रका थरले छुट्टै पहिचानका लागि माग गरी टुक्रिन खोज्नुले राष्ट्रिय एकतालाई कमजोर बनाउने र स्थानीय आदिवासी जनजातिको मौलिकतामा क्षयिकरण भएको छ कि छैन भन्ने विषय अध्ययन गर्न निर्देशन दिएको छ ।

समितिका सदस्य गङ्गा चौधरी सत्गौवाले आदिवासी जनजातिका थुप्रै प्रथाजनिक व्यवहारलाई कानुनी मान्यता दिलाउनुपर्नेमा जोड दिए । बैठकमा सांसदहरू दुर्गाबहादुर राउत, लक्ष्मी परियार, अमृता थापा, सीता बिक, कुमारी मेचे, विमला विश्वकर्मा, देवेन्द्र गौतम, शिव मण्डल र हिरा गुरुङले आदिवासी जनजातिको समस्या, हकहित, अधिकार र प्रथाजन्य विषयलाई कानुनी मान्यता दिन पहल गर्न आयोगलाई सुझाव दिएका थिए । 

बैठकमा आयोगका अध्यक्ष रामबहादुर थापामगरले आदिवासी जनजातिका सवालमा र चुनौतीका विषयमा प्रतिवेदन पेश गरेका थिए । उक्त प्रतिवेदनमाथि समितिमा छलफल गरेपछि समितिले उक्त निर्देशन दिएको हो 

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ६ : ४५ बजे

जेनजी आन्दोलनको एक वर्ष : शङ्कर पोखरेल भन्छन्- ‘घुसपैठ गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्छ’

काठमाडौँ – नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले गत वर्षको ‘जेनजी

रसुवा विपद्: श्रीमान्‌को खोजीमा १३ दिनदेखि कार्यालय धाउँदै पूजा

जनकपुरधाम – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका इन्जिनियर

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग

जेनजी आन्दोलनको एक वर्ष : सरकारलाई ‘सही ट्रयाकमा फर्किन’ चेतावनी

काठमाडौँ – जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एक वर्ष पूरा

सामाजिक सञ्जालमा अफवाह र घृणास्पद सामग्री फैलाउनेविरुद्ध प्रहरी आक्रामक

काठमाडौँ – सामाजिक सञ्जालमार्फत गलत सूचना, भ्रामक प्रचार र जातीय