सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने « Khabarhub

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने


१५ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८) अघि सारेको छ । 

देशको भन्सार प्रशासनलाई पूर्ण रूपमा डिजिटल, सुरक्षित र अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल बनाउने उद्देश्यका साथ आर्थिक वर्ष २०८३-८४ देखि २०८७-८८ सम्म पाँच वर्षका लागि कार्यान्वयनमा ल्याइने यस रणनीतिक योजनाले भन्सार सेवालाई पूर्ण रूपमा पेपरलेस, कन्ट्याक्टलेस र फेसलेस बनाउने दीर्घकालीन लक्ष्य राखेको छ।
 
यस सुधार योजनालाई सुदृढ बनाउन ५ वटा रणनीतिक आधारस्तम्भ, १० रणनीति, ३१ उद्देश्य, ८० क्रियाकलाप र ३६९ कार्यहरू निर्धारण गरिएको छ । मुख्य ५ आधारस्तम्भहरूमा व्यापार सहजीकरण, राजस्व व्यवस्थापन, नियन्त्रण तथा समाजको संरक्षण, भन्सार सञ्चालन तथा नवप्रवर्तन, र संस्थागत विकास रहेका छन्। यस योजनाले व्यापार लागत र समय घटाउँदै वैधानिक व्यापारलाई प्रवर्द्धन गर्ने र सीमा सुरक्षा तथा राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने लक्ष्य लिएको छ ।

योजना अवधिभरका कार्यक्रमहरू कार्यान्वयन गर्न कुल ७ अर्ब ५६ लाख खर्च हुने अनुमान गरिएको छ। जसमध्ये पुँजीगत खर्चतर्फ ५ अर्ब ९१ करोड १२ लाख र साधारणरकार्यक्रम खर्चतर्फ १ अर्ब ९९ करोड ४४ लाख विनियोजन गरिने योजनामा उल्लेख छ ।

यसका लागि एसियाली विकास बैंकको ५ करोड अमेरिकी डलरको नीतिगत सहयोगका साथै एसएएसईसी, डब्लुसीओ, आईएमएफ र विश्व बैंक जस्ता विकास साझेदारहरूको स्रोत परिचालन गरिनेछ ।

यस योजनामार्फत नेपालको भन्सार प्रशासनमा कृत्रिम बौद्धिकता, मेसिन लर्निङ, र डाटा वेयरहाउस जस्ता आधुनिक प्रविधिको प्रयोग गरी जोखिम विश्लेषण प्रणालीलाई स्वचालित बनाइनेछ। साथै, व्यापारमा आधारित सम्पत्ति शुद्धीकरण नियन्त्रण, एन्टी-कमर्सियल फ्रड युनिट स्थापना, र गैर-विनाशकारी निरीक्षण उपकरणको प्रयोगलाई तीव्रता दिइने जनाइएको छ ।
 
यस योजनाअन्तर्गत वि.सं.२०८८ सम्म हासिल गर्ने गरी विभिन्न मुख्य कार्यसम्पादन सूचकहरू तय गरिएका छन् ।

विश्व व्यापार संगठनको टीएफए कार्यान्वयनस्तर हालको ३९.१ प्रतिशतबाट बढाएर ९० प्रतिशत वा सोभन्दा माथि पुर्‍याउने र भौतिक परीक्षणको दर मूल्यका आधारमा हुने भौतिक परीक्षणलाई ३७.३ प्रतिशतबाट घटाएर २० प्रतिशतभन्दा कममा सीमित गर्ने योजनामा उल्लेख छ । 

त्यस्तै, पैठारी तथा निकासी जाँचपासमा लाग्ने औसत समयमा १० प्रतिशतले कटौती गर्ने, प्रणालीमा आबद्ध निकायहरूको संख्या १४ बाट बढाएर २८ पुर्‍याउने र आधुनिक भन्सार प्रयोगशालाको संख्या ११ बाट १४ पुर्‍याउने लक्ष्य राखिएको छ ।

यस योजनाको कार्यान्वयन र अनुगमनका लागि भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा एक निर्देशन समिति र उपमहानिर्देशकको संयोजकत्वमा समन्वय तथा कार्यान्वयन एकाइ गठन गरी अर्धवार्षिक तथा वार्षिक समीक्षा गरिने प्रबन्ध मिलाइएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार  ४ : ५१ बजे

पहिरोले बेनी बजारका १२ घरमा क्षति

म्याग्दी– जिल्ला सदरमुकाम बेनी बजार पछाडि रहेको पाखोबाट गएराति र

अर्थशास्त्री डा वलीले कांग्रेसको केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने 

काठमाडौं– अर्थशास्त्री डा सुदनकुमार वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।