सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा जारी « Khabarhub

सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा जारी


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्ता गठबन्धन कार्यदलको दोस्रो बैठक बालुवाटारमा जारी छ । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

बैठकमा मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा गठबन्धन दलहरुबीच चुनावी तालमेलका विषयमा छलफल भइरहेको बताइएको छ ।

समितिलाई साउन मसान्तभित्र तालमेलको मोडालिटी तय गर्ने जिम्मेवारी दिइएको छ । गठबन्धनका शीर्ष नेताको बैठकले ११ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा कांग्रेसबाट गगनकुमार थापा, कृष्णप्रसाद सिटौला र ज्ञानेन्द्रबहादुर कार्की छन् भने नेकपा (माओवादी केन्द्र) बाट वर्षमान पुन र देव गुरुङ छन् ।

यसैगरी नेकपा (एकीकृत समाजवादी) बाट प्रमेश हमाल र बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदलमा रहेका छन् ।

कार्यदलको पहिलो बैठकले संयोजकमा कांग्रेस नेता सिटौलालाई चयन गरेको थियो ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ७ : ४३ बजे

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई