प्रहरी कर्मचारीको सरूवा, बढुवा, कार्यसम्पादन मूल्याङ्कन पारदर्शी हुन्छ: महानिरीक्षक सिंह | Khabarhub Khabarhub

प्रहरी कर्मचारीको सरूवा, बढुवा, कार्यसम्पादन मूल्याङ्कन पारदर्शी हुन्छ: महानिरीक्षक सिंह


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रचलित कानूनको अधीनमा रही नेपाल सरकार र प्रहरी सङ्गठनको नीति तथा उद्देश्यअनुरूप प्रभावकारीरूपमा पुलिसिङ गर्नु नेपाल प्रहरीको मुख्य कार्य रहेको बताएका छन् ।

आफ्नो कार्यकालको सय दिन पुगेका अवसरमा आज नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार भेटघाट एवं अन्तरक्रिया कार्यक्रममा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै महानिरीक्षक सिंहले प्रहरी कर्मचारीको सरूवा, बढुवा, कार्यसम्पादन मूल्याङ्कनलगायतका हरेक काम सङ्गठनको प्रणालीअनुरूप पारदर्शीरूपमा भएको प्रष्ट पारे ।

साङ्गठनिक सुधारका लागि आठ लक्ष्यसहित कार्ययोजना, २०७९ लागू गरेको जानकारी गराउँदै उनले मिटरब्याजी, तस्करी, वित्तीय अपराध, सीमावर्ती अपराध, जघन्य अपराध, विद्युतीय अपराध, जबर्जस्ती करणीलगायतका अपराध रोकथाम तथा नियन्त्रणमा प्रहरीले अझ सक्रिय भई कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए ।

प्रहरी सङ्गठनको श्रीवृद्धि तथा सुदृढीकरणका लागि आगामी दिनमा समेत सञ्चारजगत्बाट रचनात्मक सहयोग, सुझाव र समन्वयको सदैव अपेक्षा रहेको उनले बताए । महानिरीक्षक सिंहले आफ्नो कामको सिलसिलामा प्रहरी कर्मचारीले कुनै पनि किसिमको दबाबमा नपरी व्यावसायिकता प्रदर्शन गर्ने बताए । कानूनभन्दा कोही पनि माथि नभएको भन्दै प्रहरी कर्मचारी प्रहरी आचरण तथा व्यावसायिकताभन्दा बाहिर गएमा कारवाही गरिने उनले बताए ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक सिंहले एकै चरणमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेपाल प्रहरीका कर्मचारीले देखाएको व्यावसायिकताप्रति खुसी व्यक्त गरे । उनले आउँदो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई समेत शान्तिपूर्ण तवरले सम्पन्न गर्नका लागि प्रारम्भिक चरणका कार्यसमेत थालनी भइसकेको जानकारी दिए ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ७ : ५२ बजे

‘परिपक्व पत्रकारिताका लागि सम्पादकीय स्वतन्त्रता आवश्यक’

काठमाडौं– प्रेस काउन्सिल नेपालले परिपक्व पत्रकारिताका लागि सञ्चारमाध्यममा सम्पादकीय स्वतन्त्रता

एमालेका मन्त्रीले राजीनामा दिँदै, सरकारको समर्थन पनि फिर्ता लिइने

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमालेबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूले राजीनामा

‘हिरूलाल’को प्रिमियरमा झापाली प्रस्तोता र जुम्ली नेताबीच छेडखानी

काठमाडौं– म्युजिकल फिल्म ‘हिरूलाल’को प्रिमियर कार्यक्रम पत्रकार टीकाराम यात्री र

दाङको सेवार खोलामा चार लेनको पुल निर्माण हुँदै

दाङ– दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत सेवार खोलामा चार लेनको पुल निर्माण

गुपचुपमै अनुमोदन गरियो कांग्रेस–एमाले सहमति

काठमाडौं– प्रतिनिधिसभाका दुई ठूला दलबीच नयाँ सत्ता समीकरणका लागि सात