निजी स्वार्थबाट मुक्त हुन कार्यकर्तालाई माधव नेपालकाे निर्देशन « Khabarhub

निजी स्वार्थबाट मुक्त हुन कार्यकर्तालाई माधव नेपालकाे निर्देशन


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीका कार्यकर्ता अध्ययनशील भई पठन संस्कृतिलाई प्रवद्धन गर्नुपर्ने बताएका छन् ।

पार्टी स्कुल विभागले सञ्चालन गरेको प्रशिक्षण कार्यक्रमको आज समापन समारोहमा अध्यक्ष नेपालले मानव जीवनमा ज्ञान र सिकाइको महत्व हुने बताए। उनले प्रशिक्षार्थीलाई प्रशिक्षणमा सिकेका ज्ञान, सीप तथा सिद्धान्तलाई व्यवहारमा कार्यान्वयन गरी ती सैद्धान्तिक विषयवस्तुका कार्यक्रमलाई प्रदेश, जिल्ला तहसम्म पु¥याउनुपर्नेमा जोड दिए ।

उनले मुलुकको समसामयिक राजनीतिमा व्यक्तिवादी हाबी भएको बताउँदै यस्तो परिस्थितिमा निजी स्वार्थबाट मुक्त हुन कार्यकर्तालाई निर्देशन दिए ।

जनताको सामाजिक रुपान्तरण तथा मुलुकको विकास समृद्धिमा कम्युनिष्ट पार्टीप्रति जनताको अपेक्षा रहेकाले त्यस आदर्शप्रति समर्पित रहन नेता तथा कार्यकर्तालाई आग्रह गरे । तीन सातासम्म सञ्चालित उक्त प्रशिक्षणमा पार्टीका विभिन्न जनवर्गीय सङ्गठनका ६५ प्रतिनिधि सहभागी थिए ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ८ : ०० बजे

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,

वैद्यखानाको औषधि उत्पादन बढाउन तीन महिनाभित्र कार्ययोजना बनाइने

काठमाडौं – सिंहदरबार वैद्यखाना विकास समितिबाट उत्पादन हुने आयुर्वेदिक औषधिको उत्पादन