गुणस्तरीय शिक्षाका माध्यमबाट नै नेपालको समृद्धि सम्भव छ : प्रधानमन्त्री देउवा « Khabarhub

गुणस्तरीय शिक्षाका माध्यमबाट नै नेपालको समृद्धि सम्भव छ : प्रधानमन्त्री देउवा


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले गुणस्तरीय शिक्षाका माध्यमबाट नै नेपालको समृद्धि सम्भव भएको बताएका छन् ।

नेपाल प्राध्यापक सङ्घको हीरक जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा उनले मुलुकको उच्च शिक्षालाई समस्यामुक्त बनाई योग्य एवं दक्ष जनशक्ति तयार गर्न प्राध्यापक थप जिम्मेवारीका साथ क्रियाशील हुनु आवश्यक रहेकामा जोड दिए ।

प्रधानमन्त्री देउवाले भने, ‘विद्यार्थीले पनि आधुनिक युगको शिक्षालाई आत्मसात् गर्दै अघि बढ्नु आवश्यक छ । उच्च शिक्षामा सुधार सँगसँगै हाम्रा परम्परागत ज्ञान, सीप, धर्म, संस्कृति, दर्शन, सङ्गीत र साहित्यको संरक्षण र सम्वद्र्धन गर्दै नयाँ पिँढीमा ज्ञान तथा सीप हस्तान्तरणका लागि ध्यान दिन जरुरी छ । यस विषयमा आगामी दिनमा नेपालका प्राध्यापक र विद्यार्थी सक्रिय हुनुहुने विश्वास लिएको छु ।’

त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्ने बौद्धिक वर्गको पहलमा विसं २०१९ मा स्थापित नेपाल प्राध्यापक सङ्घले प्राध्यापकको हकअधिकारको संरक्षण र प्राज्ञिक स्वतन्त्रताका लागि पु¥याउँदै आएको योगदान अतुलनीय छ । सङ्घले स्थापनाकालदेखि नै विश्वविद्यालयको शैक्षिक उन्नयनका साथै प्राज्ञिक स्वतन्त्रता र प्राध्यापकको हकअधिकारका लागि सधैँ अग्रपङ्क्तिमा रही कार्य गर्दै आएको छ ।

प्रधानमन्त्री देउवाले आगामी दिन पनि प्राध्यापकको व्यावसायिक हकहितका साथै विश्वविद्यालयीय शिक्षालाई थप गुणात्मक, अनुसन्धानमूलक र जीवनोपयोगी बनाउन सङ्घले अझ गहन र रचनात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

प्राध्यापकको प्रतिभा र ज्ञानको उच्चतम् सदुपयोग गर्नसकेमा मात्र मुलुकको चौतर्फी विकास हुनसक्ने बताउँदै उनले यस तथ्यलाई मनन गरी प्राध्यापकको हकहितको संरक्षण गर्दै उनीहरूको पेशागत वृत्तिविकासलाई सहयोग पु¥याउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।

 

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ८ : ३२ बजे

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,

वैद्यखानाको औषधि उत्पादन बढाउन तीन महिनाभित्र कार्ययोजना बनाइने

काठमाडौं – सिंहदरबार वैद्यखाना विकास समितिबाट उत्पादन हुने आयुर्वेदिक औषधिको उत्पादन