दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित)


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज दिनभर गठबन्धनले अहिलेको संसद संख्यालाई सिट बाँडफाँडको आधार बनाउने, ओलीको नेतृत्वमा एमालेद्धारा निर्वाचन परिचालन कमिटी गठन, निर्वाचनका लागि आयोगमा २१ दल दर्ता, आगामी निर्वाचनका लागि सुरक्षा तयारीमा प्रहरी, अभिलेखिकरण गर्न आदिवासी जनजाती आयोगलाई निर्देशन, भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट, कोरोना सङ्क्रमणबाट एकै दिन ५ जनाको ज्यान गयो लगायतका समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू:

 

गठबन्धनले अहिलेको संसद संख्यालाई सिट बाँडफाँडको आधार बनाउने
सत्ता गठबन्धनले गठन गरेको कार्यदल बैठकमा दलहरु संसदमा हाल रहेको उपस्थीतीलाई बेस बनाएर आगामी निर्वाचनको सिट बाँडफाँटको मोडालीटि बनाउन सहमति नजिक पुगेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको कार्यदल बैठकमा संसदमा दलहरुको संख्यालाई मुख्य आधार बनाउर्दै तालमेलको खाका बनाउने मोटामोटी सहमति भएको माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिए ।

उनले तालमेलका लागि सहमतिको मोडालिटी तयार गर्ने बिषयमा बैठकमा सकारात्मक रुपमा छलफल भएको बताए ।

ओलीको नेतृत्वमा एमालेद्धारा निर्वाचन परिचालन कमिटी गठन
नेकपा एमालेले आगामी निर्वाचनका लागि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

पार्टी कार्यालय च्यासलमा बिहीबार बसेको एमाले सचिवालय बैठकले मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि केन्द्रीय कमिटीका सबै सदस्यहरु, केन्द्रीय निकाय अनुशासन, निर्वाचन आयोग, लेखा आयोग, केन्द्रीय प्रतिनिधि परिषद्का पदाधिकारीहरु समावेश हुने गरि निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।

त्यस्तै बैठकले निर्वाचनका लागि केपी ओली कै नेतृत्वमा ८ सदस्यीय घोषणापत्र मस्यौदा कमिटी गठन गरेको छ । घोषणापत्र मस्यौदा कमिटीमा इश्वर पोखरेल रामबहादुर थापा ‘बादल’, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

त्यस्तै बैठकले भदौ ७ गते स्थायी कमिटी, ९ गते पोलिट्ब्युरो बैठक बोलाउने निर्णय गरेको छ भने १० र ११ गते ११ गते केन्द्रीय कमिटी बैठक बोलाइएको गुरुङले बताए ।

पदका लागि पार्टीभित्र स्वार्थ देखिन थालेको माधव नेपालको भनाइ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पद र पैसाका निम्ती आफ्नो पार्टीभित्र पनि व्यक्तिवादी स्वार्थ देखिन थालेको बताएका छन।

बिहीबार पार्टी कार्यालय तीनकुनेमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले पद नपाए गुटबन्दी गर्ने र स्वार्थका निम्ती जे पनि गर्ने प्रबृति आफ्नो पार्टीका साथै नेपालको कम्युनिष्ट आन्दोलनभित्र देखिएको बताएका हुन ।

‘म’ बाट सुरु गर्ने प्रवृति व्याप्त गरेको र ‘म’ ले पाईन भने जस्तोसुकै कुकर्म गर्न पनि तयार हुने प्रवृतिलाई अन्त्य गरेरै छाड्नुपर्ने उनको भनाई छ । सिद्धान्त र आदर्शप्रति समर्पित हुने भावना राख्नुपर्ने र ‘म’ भन्दा भिन्न सोच राख्ने कुरामा अघि बढ्नुपर्ने उनले जोड दिए ।

अध्यक्ष नेपालले जनताका समस्याहरुलाई बुझ्ने गरि पार्टीको असल कार्यकर्ता भएर भूमिका निर्वाह गर्न निर्देशन दिए ।

दलहरु एक्लाएक्लै लडे एमालेले दुई तिहाई बहुमत ल्याउने नेता अधिकारीको दाबी
नेकपा (एमाले) का नेता खगराज अधिकारीले आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलहरु एक्लाएक्लै लडे आफ्नो पार्टीले एक्लै दुई तिहाई बहुमत ल्याउने बताएका छन।

रिपोटर्स क्लव नेपालले बिहीबार काठमाडौंमा गरेको साक्षात्कारमा नेता अधिकारीले कांग्रेस एक्लै लड्न नसक्ने अवस्थामा पुगेको र यदि दलहरु एक्लाएक्लै लडे एमालेले दुई तिहाई बहुमत ल्याउने बताएका हुन ।

नेता अधिकारीले अहिलेको पाँच दलीय गठबन्धनलाई वित्तिय गठबन्धनको संज्ञा दिए । वर्तमान सरकारका कारण परराष्ट्र नीतिमा अहिले गम्भीर चूनौति खडा भएको, सार्कलाई रिभाईभ गर्न नसकेको लगाएतका आरोप लगाउदै अब सबै विषयमा राष्ट्रिय सहमति कायम गरेर जानुपर्नेमा जोड दिए ।

साक्षात्कारमा कांग्रेसका सह–महामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवले अब एमाले २० वर्षसम्म शासनमा नफर्कने दावी गरे । एमालेले राष्ट्रवादको नाममा जनता ठग्ने काम गरेको उनको भनाई छ । यादवले नागरिकता विद्येयक पास दुवै सदनबाट भैसकेको र प्रमाणिकरणको लागि राष्ट्रपतिकहाँ पुगेको सुनाउँदै तत्काल प्रमाणिकरण गर्न आग्रह गरे ।

निर्वाचनका लागि आयोगमा २१ दल दर्ता
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगमा २१ दल दर्ता भएका छन् ।

आयोगका अनुसार आगामी निर्वाचनका लागि बिहीबारसम्म २१ राजनीतिक दल दर्ता भएका हुन् । अझै दल दर्ता हुने क्रम बढिरहेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

उनका अनुसार नेकपा एमालेलगायतका दलहरु दर्ता भएका छन् । यस्तै थप ३ दल दर्ता प्रक्रियामा रहेको आयोगले जनाएको छ । आयोगमा यसअघि १ सय १६ राजनीतिक दल दर्ता भएका छन् ।

आगामी निर्वाचनका लागि सुरक्षा तयारीमा प्रहरी
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले आगामी निर्वाचनको सुरक्षाका लागि सवै प्रकारको तयारी सुरु गरिसकेको जानकारी दिएका छन ।

बिहीवार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक सिंहले मंसिर चार गते हुने संघ र प्रदेशको निर्वाचनका लागि आवश्यक स्रोत साधनका लागि गृहमन्त्रालयमा प्रस्ताव पठाइसकिएको र अन्य तयारी समेत सुरु भइसकेको जानकारी दिए ।

उनले निर्वाचनमा ४० दिनको लागि म्यादी भर्ना गर्ने तयारी भइरकेको र यसपटक म्यादी प्रहरीको संख्या बढ्ने बताए । यसअघिको भएका स्थानीय तह निर्वाचनमा प्रहरीले आफ्नो व्यवसायीता देखाएको र शान्तिपूर्ण तथा विश्वश्निय तवरले निर्वाचन सम्पनन भएको उनको भनाई छ ।

अभिलेखिकरण गर्न आदिवासी जनजाती आयोगलाई निर्देशन
प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले आदिवासी जनजातीको भाषा कला संस्कृतिको संरक्षण प्रवद्र्धनका लागि आवश्यक अध्ययन अनुसन्धान गरि अभिलेखिकरण गर्न आदिवासी जनजाती आयोगलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले आदिवासी जनजातीको भाषा, कर्ला संस्कृति, भेषभुषाको विविधतायुक्त उपस्थीति राज्यको सांस्कृतिक सम्पती भएको र नागरिकका पहिचानका बिषयबस्तु पनि भएकाले भाषा कला संस्कृतिको संरक्षण प्रवद्र्धनका लागि आवश्यक अध्ययन अनुसन्धान गरि अभिलेखिकरण गर्न निर्देशन दिएको हो ।

कोरोना सङ्क्रमणबाट एकै दिन ५ जनाको ज्यान गयो
कोरोना भाइरसको सङ्क्रमणका कारण एकै दिन पाँच जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण पाँच जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

केही समय मृत्यु हुने क्रम रोकिए पनि पछिल्लो समय बढिरहेको छ । कोरोनाका कारण अहिलेसम्म नेपालमा ११ हजार नौ सय ८२ जनाको ज्यान गइसकेको छ । यस्तै थप आठ सय १८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी चार हजार पाँच सय ३४ जनाको नमुना परीक्षण गर्दा आठ सय १५ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यही अवधिमा चार सय ७६ जना सङ्क्रमित निको भएका छन् ।

यस्तै कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर पाँच हजार आठ सय ६९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३१ हजार सात सय ६१ जनाले कोरोनाविरुद्धको खोप लगाएक विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

काठमाण्डौ–तराई–मधेस ’फास्ट ट्र्याक’ को प्रगति निराशाजनक
भौगोलिक जटिलता भएका राष्ट्रिय गौरवसहितका प्राथमिकता प्राप्त सडक आयोजना निर्माणमा नेपाली सेनाले जिम्मेवारी प्राप्त गरी काम अघि बढाएको छ ।

सरकारको विभिन्न समयमा भएको निर्णयबाट नेपाली सेनाको उच्च कार्यसम्पादन क्षमतालाई मध्यनजर गर्दै यो जिम्मेवारी सेनाले प्राप्त गरेको हो ।

नेपालको संविधान २०७२ को धारा २६७ मा नेपाली सेनालाई राष्ट्रिय सुरक्षाका साथै विकास निर्माण र विपद् व्यवस्थापनलगायतका काममा लगाउन सकिने उल्लेख छ । त्यही धारामा टेकेर राष्ट्रिय सुरक्षा, विपद् व्यवस्थापनका साथै सेनाले ती जिम्मेवारी पाएको हो ।

सेनाले काठमाण्डौ–तराई–मधेस द्रुत मार्ग (फास्ट ट्र्याक) सडक आयोजना, कर्णाली कोरिडोर, महाकाली कोरिडोर, कोसी कोरिडोरका विभिन्न खण्डमा जिम्मेवारी प्राप्त गरेको छ । ती आयोजनाको निर्माण धमाधम चलिरहेको छ । सबै आयोजना प्राथमिकता प्राप्त रहेकाले पनि चाँडो सक्नुपर्ने दबाब कायमै छ ।

भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट
चलचित्र विकास बोर्डका नव नियुक्त अध्यक्ष भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको छ। अध्यक्ष पदको लागि चाहिने योग्यता नपुगेको भन्दै उनको नियुक्तिविरुद्ध रिट दर्ता भएको हो ।

अध्यक्षको लागि स्नातक तह उत्तीर्ण हुनुपर्ने र केसीले प्रमाणपत्र तह मात्रै उत्तीर्ण गरेको भन्दै उनको नियुक्तिविरुद्ध अध्यक्षका लागि आवेदन दिएका अन्य उम्मेदवारले रिट दिएका हुन् ।

रिटमा साउन ९ गते मन्त्रिपरिषद्ले गरेका निर्णय खारेज गर्न माग गरिएको छ। उक्त रिटमा सोमबार प्रारम्भिक सुनुवाइ हुने बताइएको छ ।

 

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ९ : १५ बजे

दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

काठमाडौं – आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै

स्वास्थ्य सचिवमा विकास देवकोटाकाे बढुवा

काठमाडौं – स्वास्थ्य सचिवमा विकास देवकोटा बढुवा भएका छन् ।

कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं – सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई

छोराको हत्या अभियोगमा दम्पती पक्राउ

मकवानपुर – छोराको हत्या अभियोगमा यहाँको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित अदुवाबारीका

डिला संग्रौलाकाे प्रश्न : पत्रकार आचारसंहिताको मापन गर्ने क्षेत्राधिकार कसको हो ?

काठमाडौं – नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवि विभागकी संयोजक डा.