काठमाडौँ– परराष्ट्रमन्त्री डा. नारायण खड्का बिहीबार साँझ स्वदेश फर्किएका छन् ।
चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणमा चीन गएका मन्त्री खड्का बिहीबार स्वदेश फर्किएका हुन् । स्वदेश फर्किए लगत्तै त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै मन्त्री खड्काले आफ्नो चीन भ्रमण सफल भएको बताए ।
नेपाल र चीनबीच विगतमा भएका सहमति र सम्झौतालाई गति दिन दुवै पक्ष तयार रहेको उनको भनाइ छ । मन्त्री खड्काले नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने विश्वास दिलाएको बताए ।
चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा आफूले एक चीन नीतिप्रति नेपालको दृढ प्रतिवद्धता रहेको जनाएको स्वदेश फर्किएपछि जारी गरिएको प्रेस नोटमा खड्काले उल्लेख गरेका छन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउँदा घोषणा भएको ३.५ बिलियन चिनियाँ युआन सहयोगको उपयोगबारे कुरा भएको उनको भनाइ छ ।
प्रतिक्रिया